१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवलमा खानेपानीको वर्तमान अवस्थाबारे छ्लफल, थप खानेपानी आयोजनाको माग




पश्चिम् नवलपरासी । सुनवल नगरपालिकाले खानेपानीको वर्तमान अवस्थाबारे सरोकारवाला सम्बन्धित निकायसंग छलफल गरेको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट गरिएको निर्णयलाई कार्यान्वयन गर्नका लागि नीतिगत निर्णय र आवश्यक अध्ययन गर्न बनेको कार्यदलले गरेको अध्ययन लगायतका बारेमा छलफल भएको नगरपालिकाले जनाएको छ ।

छलफल कार्यक्रममा खानेपानी महासङ्ग केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैरे,जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ,नगर अध्यक्ष दिपक राना र सचिब यज्ञ प्रसाद पाण्डे लगायतले खानेपानीको महसुल, जडान, सरसफाइ र ल्याबका विषयमा सुझाव दिईएको बताईएको छ ।

छलफलमा ३ देखी ५ बर्ष भित्र सुनवल नगरभित्र सबै घर धुरिमा खानेपानी पुर्‍याउने लक्ष्यको लागि थप खानेपानी आयोजनाको माग भएको कार्यदलका सचीव रेशम शर्माले जानकारी दिए ।

छलफल कार्यक्रममा कार्यदलका संयोजक वडा अध्यक्ष बालकृष्ण पङ्गेनिले प्रत्येक घरमा स्वच्छ खानेपानी धारा, पुर्‍याउने उद्देश्यसहित नगरको निर्णयलाई कार्यान्वयनका लागि कार्यदलले निकै कसरत गरिरहेको बताए ।

नगरबासीको स्वास्थ्यसंग जोडिएको खानेपानीमा ५ हजार लिटर बराबरको पानी नि:शुल्क गराउने गरि नगर कार्यपालिका को पहिलो बैठकबाट निर्णय गरिएको नगरप्रमुख बिमला अर्यालले बताईन् । अर्यालले ५ हजार लिटर पानी नि:शुल्क खानेपानी विशेष गरि अति बिपन्न बर्गलाई प्राथमिकतामा राखी निर्णय गरिएको बताईन् । उनले ५ बर्ष भित्र नगर भित्रका सबै घरधुरीमा स्वच्छ पिउने पानी पुर्‍याउने जिकिर पनि गरिन् ।

छ्लफलमा विभिन्न खानेपानी उपभोक्ता समितीका अध्यक्षले खानेपानीको अवस्थाबारे जानकारी गराएका थिए । उक्त छ्लफल कार्यक्रम कार्यदल संयोजक एवम् सुनवल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेगी को अध्यक्षता एवम् सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ५ : ३१ बजे