११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोरमा राजनीति नगर

फोहोरमान्डू बेथा



 काठमाडौं उपत्यकाको फोहोर डेढ दशकदेखि नुवाकोटको ओखरपौवामा बिसर्जन गरिँदै आएको छ। जति समय फालिने भनेर थालियो झन्डै त्यति ने वर्ष बढी समय त्यहीं फालिँदै आउनु आजको समस्या हो। अर्थात्, यसबीच फेरिएका कुनै पनि सरकार फोहोर व्यवस्थापनका लागि गम्भीर भएनन्। त्यही भएर. पटकपटक समस्या भएको छ। नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवामा बुधबार फोहोर फाल्ने सरकारी प्रतिनिधि र फाल्न नदिने स्थानीयवासीबीच दिनभरि तनावग्रस्त बन्यो ।

फोहोर विसर्जनक विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडपसममेत भयो। बञ्चरेडाँडामा एकतर्फीरूपमा फोहोर फाल्न नपाइने जनाउदै स्थानीयवासीले अवरुद्ध गरेका रहेछन्। त्यसपछि प्रहरीले नियन्त्रणमा लियो । स्थानीयले नियन्त्रणमा लिएको भन्दै तोडफोडसमेत गरे । प्रहरी पनि त्यसलाई रोक्न जाइलागे फडप भयो । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका तीन सयभन्दा बढी टिपरलाई स्थानीयले रोके स्वास्थ्य सुरक्षालाई बेवास्ता गरिएको भन्दै स्थानीयवासी आक्रोशित बने।

जनताको स्वास्थ्य प्रमुख विषय भएको हुँदा स्थानीयका समस्यालाई समाधान गर्नु सरकारका पहिलो दायित्व भएको स्थानीयवासीको दाबी पनि गलत छैन। यो विषयलाई सहज ढंगले समाधान गर्न सकिन्थ्यो होला यदि समयमै सम्बन्धित सरकारी कर्मचारी वा जनप्रतिनिधिले यो विषयलाई सही अवतरण गरेको भए। तर, दुःखद् नै भन्नुपर्छ बुधबार मात्र तीनजना प्रहरी जवान र १२ जना स्थानीय सामान्य घाइते भए । अनि १५ वटा गाडीमाथि तोडफोड गरियो । स्थानीयवासीको भनाइ सही छ, जनताको माग पूरा गर्नु सरकारको दायित्व हो । तर, फेरि मागका नाममा नचाहिंदा माग हुनु भएन। एकपटक सकिएको कुरोलाई पटकपटक भिक्न पनि

छन् कतिपयलाई निवाचन आयोगले स्पष्टीकरण सावका छा जनता यी सबै घटनालाई नजिकबाट नियाल्दै छन् ।

विषयमा दुवै पक्ष समझदारीमा भने आउने पर्छ नत्र यसले काठमाडौँ उपत्यकामा बस्ने लाखों प्रभावित हुनेछन् । प्रहरीले पनि बल प्रयोग गरेर स्थानीयलाई दुःख दिन मिल्दैन ।

चार दिनअघि सरकार, काठमाडौं महानगर र स्थानीयबीच फोहोर फाल्ने विषयमा सहमति जुटेको थियो। म त अब राजधानीको फोहोर उठ्ने भयो। महानगर सफा हुने भयो। सरुवा रोग नलाग्ने भयो भनेर खुसी भएको थिएँ। सहमति कार्यान्वयन नहुँदै मुआब्जा, स्वास्थ्य, सुरक्षालगायत माग राखी स्थानीयले अवरोध गर्न छाडेनन्। ओखरपौवाको सिसडोल र बञ्चरे डाँडामा उनीहरूले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। यसले समस्या थपेको छ। सक्दो चाँडो यसको निकास होस् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : ३५ बजे