७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिक्किममा कबड्डी ४ लाई प्रतिवन्ध



भारतको सिक्किममा कबड्डी– ४ चलचित्रको प्रदर्शनमा रोक लगाइएको छ । सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङले विवादका कारण यो फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको जनाएका हुन् ।

मुख्यमन्त्री तामाङको फेसबुक पेजमा लेखिएको छ ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यान दिंदै राज्य सरकारले विवाद समाधान नभएसम्म राज्यमा कबड्डी ४ को रिलिजमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।’

बौद्ध धर्मलाई गलत ढंगबाट प्रस्तुत गरेको भन्दै गत हप्ता सिक्किममा बौद्ध धर्मगुरुले यो चलचित्रमा प्रतिबन्ध लगाउन माग गरेका थिए । सिक्किममा यो चलचित्र शुक्रबारदेखि प्रदर्शन गर्ने तयारी थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ४५ बजे