७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस नवलपरासीमा एमालेका यादव बिजयी




नवलपरासी । पश्चिम् नवलपरासीको जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमालेका रुद्रल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका हुन्।

७ पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। भने एमालेले राप्रपासँग गठबन्धन गरेको थियो। गठबन्धनका आधारमा कांग्रेस–माओवादी केन्द्रको बहुमत संख्या ८ पुगेपनि एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका हुन्। एक मत बदर भएको छ।

प्रमुख पदका विजयी उम्मेदवार यादवले ७ मत ल्याए भने नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याएर पराजित भए। उपप्रमुखमा माओवादी केन्द्रका चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्ती कुमारी चौधरीले ६ मत ल्याएर पराजित भइन्।

दलित वा अल्पसंख्यकमा राप्रपाकी लवाङदी देवी हरिजन विजयी भएकी छन्। महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, नेपाली कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन्। कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेकी कार्की भने माओवादी केन्द्रकी हुन्।

९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेका धनिराम चौधरी विजयी भएका छन्। चौधरी माओवादी केन्द्रका हुन्। त्यस्तै राप्रपाका मकबुल मिया र नेपाली कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यबाट विजयी भएका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ५२ बजे