७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारमा दोस्रो सांस्कृतिक तथा टिकटक प्रतियोगिता सम्पन्न



कतार । नेपाली टिकटक समाजको आयोजना तथा  दाजुभाइ समूह कतारको सहयोगमा दोस्रो सांस्कृतिक तथा टिकटक प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता मार्फत लक्ष्मी दर्नाल रणपहेली र राम रणपहेलीको जोडीले प्रथम पुरस्कार ७५ हजार रुपैयाँ हात परेको छ ।

तीन चरणमा सम्पन्न प्रतियोगितामा २१ जनाले सहभागिता जनाएका थिए । २१ जना मध्यबाट १० जना दोस्रो चरणमा प्रवेश गरेका थिए ।  पहिलो चरणमा आफूले जुनसुकै विधामा रहेर आफ्नो कला प्रस्तुत गर्नुपर्ने भएपनि दोस्रो चरणमा नेपाली समाजलाई मध्य नजर गर्दै सन्देशमूलक प्रस्तुति दिनुपर्ने प्रावधान रहेको थियो ।

कार्यक्रमको तेस्रो अर्थात् अन्तिम चरणमा नेपाल र नेपालीको परिचय दिँदै वदैशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका  नेपालीहरूले नेपालका लागि गरेको योगदानका विषयमा दुई मिनेट भित्र आफ्ना भनाई राखी सक्नु पर्ने थियो । २ मिनेटको समयावधिमा लक्ष्मीको जोडीले हुन्डी र बैंक मार्फत रेमिट्यान्स गर्दा देशलाई हुने नोक्सानी र फाइँदाका बारेमा बोलेका थिए ।

प्रतियोगिताको दोस्रो स्थानमा अर्सल सलमान र तेस्रो शान्ति गिरी भएका छन् । उनीहरूले क्रमशः ५० हजार, २५ हजारका साथ प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सान्त्वना पुरस्कारका रुममा चौथो मुमताज र पाचौं प्रतियोगी लिना आचार्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कलाकार, म्युजिक भिडियो निर्देशक तथा डान्सर भबिन तामाङ, नवलपरासी सेवा समाज दोहा कतारका अध्यक्ष कृष्ण पन्थी, नेपाली टिकटक समाजका संयोजक धर्मेन्द्र कुमार खवास,  समाजसेवी दीपक बस्नेत लगायतका निर्णायक रहेका थिए । नृत्य, अभिनय र बोल्ने शैली लगायतका पक्षलाई हेरेर निर्णायकहरुले आफ्नो निर्णय गरेको तामाङले मध्यान्हलाई जानकारी दिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले  रिबन काटेर गरेका थिए । ‘सामाजिक सञ्जालले समाजमा सामाजिक काम गर्न मद्दत गरेको छ, टिकटक मार्फत असक्त, बाढीपीडित, शिक्षा, स्वास्थ्य लगायतका लागि सबै टिकटकरहरुले सहयोग गरिरहेको छ ।’ उनले भने ।

टिकटक मार्फत राम्रा र नराम्रा कुराहरू भइरहेको भएता पनि राम्रो कुराको पछि लागेर संस्था अगाडि बढाउनुपर्ने दाजुभाइ समूह कतारका संयोजक सन्दीप भट्टराईको भनाइ थियो ।

सामाजिक सञ्जालमा देखाइने अभिनय रमाइलो र मनोरञ्जनका लागि नभई सामाजिक कामका लागि पनि प्रयोगमा ल्याउन सकिने उनले बताए । आफ्नो शुभकामना मन्तव्यका क्रममा नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलिले टिकटकरहरुको हितमा बनेको टिकटक सेवा समाजलाई आगामी दिनमा सामाजिक कार्य गर्न सुझाव दिए । कार्यक्रमको सहजीकरण ताहिर मिया रेहानले गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : १५ बजे