१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलोमुक्त पार्न महानगरले पुन:सञ्चालनमा ल्यायो ब्रुमर।



काठमाडौं : काठमाडौं महानगरपालिकाले ब्रुमर (यान्त्रिक कुचो) प्रयोग गरी सडक सफा गर्न सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएपछि बुधबारबाट काम सुरु भएको जानकारी दिए।


उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले काठमाण्डौं सफाइ गर्न थालेको र बिहीबारदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्नेछन् । साहले भने,

‘बर्षायाम भएकाले केहि असहजता पक्कै हुनेछन् तर आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ ।”

शाहाले भने


सामान्यतया ब्रुमरले नभत्किएको कालोपत्रे भएको ठाउँमा सफा गर्छ । कालोपत्रे भएका साँघुरा सडकको धुलो पनि टिप्छ तर हाम्रा अधिकांश मुख्य सडकमै धेरै खाल्डाखुल्डी छन्। जुन समयमा मर्मत पनि गरिंदैन। त्यसमाथि मुख्य सडकसँग जोडिएका धेरै सहयक बाटा हिलाम्मे हुन्छन् । जसले मुख्य सडकमा जति ब्रुमर चलाए पनि सवारीले सहयक सडकबाट हिलो ल्याउने गरेको पाइन्छ। महानगरका मुख्य सडकसँगै सहायक सडकको अवस्था पनि सुधार नगरी ब्रुमर चलाएर मात्र धुलो नियन्त्रण हुने अवस्था देखिँदैन ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ३७ बजे