१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन भइरहन्छ भ्रष्टाचार ?

बजेटमा मूलत: सबैभन्दा विपन्न, गरिब वर्गहरूका लागि के छ ?,





आर्थिक वर्ष २०७९/०८० को बजेट आएको छ। यसको रूप र सार सुन्दर रहेको विज्ञको भनाइ छ। आवरणमा राम्रो भएर मात्र नहुँदो रहेछ । विषयवस्तुमा प्रवेश गर्दा भने मुलुक र जनताका लागि सुखद नभएको टिप्पणी विज्ञहरूबाट आइसकेको छ । मुलुकको हालको अर्थतन्त्रको स्थिति के छ भन्नेसम्म बजेटमा स्पष्ट छैन भनेर लेखेको लेख अन्नपूर्ण पोस्ट् मा पढें। अत्यन्तै दुःख लाग्यो। सरकारले किन यस्तो अनुत्तरदायी काम गर्छ ?

मुलुकको वर्तमानको अर्थतन्त्रको जगमा टेकेर बजेट आउनुपर्थ्यो भन्ने विज्ञको तर्कमा म पनि सहमत छु । ध्यान दिनैपर्ने विषयमा किन बेवास्ता गरिन्छ ? यसमा वित्तीय अनुशासनको आर्थिक स्थायित्वलाई ध्यान दिनुपर्ने होइन र ? कनिका छरेजस्तो ढंगले ल्याइएको बजेट अर्थात् कुनै विषयलाई फोकस नगरिएको बजेट न उपलब्धिमूलक हुन्छ न ती योजनाबाट हुनुपर्ने उपभोक्ता पूर्णरूपमा लाभान्वित हुन्छन् ।

सीमित मान्छेलाई फाइदा पुग्ने गरी बजेट बनाउनु, त्यसपछि योजना बनाएर बजेट खर्च गर्नु भनेको नीतिगत भ्रष्टाचार हो। बजेटले मुलुकमा आर्थिक संकट थप्ने निश्चित छ । पाँच-पाँच पटक प्रधानमन्त्री बनेका मान्छेले देश हाँक्दा त कमसेकम परिपक्व र जनमुखी बजेट आओस् न कम्तीमा । देशको भार बढाउनेदेखि वित्तीय अनुशासनलाई नकारात्मक •प्रभाव पार्ने खालका बजेट किन ल्याइन्छ ?

बजेटमा मूलत: सबैभन्दा विपन्न, गरिब वर्गहरूका लागि के छ ?, यसले के कस्तो प्रभाव पार्छ भन्ने हेर्नुपर्छ । कृषिमा बजेट घटेको छ। न समयममा किसानले मल पाउँछन्। सरकारले यसरी देशलाई अधोगतितर्फ लैजान पाउँदैन। विगतका शासन व्यवस्था भएको बेलाका कुरा बेग्लै । अहिले त देशमा प्रजातन्त्र र लोकतन्त्र छ नि । बेलैमा सोचोस ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ४३ बजे