७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्राफिक प्रहरीको दोहोरो दायित्व



पछिल्लो समय काठमाडौंका सडकमा ट्राफिक जाम बढ्दो छ । त्यसका कारण के के हुन सक्छन् भनेर छलफल गर्नुपर्ने बेला आइसकेको छ । पहिलो, साँघुरा सडक । दोस्रो- सडकका क्षमताभन्दा बढी सवारी साधन हुनु । तेस्रो हो- ट्राफिक प्रहरीलाई कमको चाप।

एउटा, उनीहरूले ट्राफिक व्यवस्थापन गर्छन् अर्को सवारीसाधन ठीक अवस्थामा रहे-नरहेको, चालकसँग कागजपत्र भए-नभएको पनि हेर्नुपर्ने हुन्छ । कतै ट्राफिक प्रहरीलाई यस्तो दोहोरो दायित्वका कारण जाम बढ्दै गएको त छैन ? कतै ट्राफिक प्रहरीको रोजाइमा जामको समस्याभन्दा कागजपत्र जाँच मात्र परेको त होइन ? त्यसैले त हिजोआज उनीहरू अत्यन्तै ससानो गल्तीमा पनि ट्राफिक नियमको जानकारी गराउनुभन्दा जरिवाना रसिद थमाउनमै व्यस्त देखिन्छन् । अन्य कुनै निकायलाई वा छुट्टै संरचना बनाएर कागजपत्रको चेकजाँचको जिम्मा दिनुपर्छ । ट्राफिक प्रहरीलाई जाममा मात्रै केन्द्रित हुने व्यवस्था मिलाउनुपर्छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ५५ बजे