७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात रोगले ५८ बङ्गुर मरे, किसान चिन्तित



 झापा । झापाको मेचीनगरमा अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेका छन् ।

मेचीनगर नगरपालिका–६ का बङ्गुर पालक किसान भक्तबहादुर राईले पालेका बङ्गुर भटाभट मर्न थालेका हुन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्मार्ट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्न शुरु गरेका थीए  ।

फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ वटा बङ्गुर अज्ञात रोगका कारण मरेका छन् । राईलाई बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।

ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याणजस्ता उन्नत जातका बङ्गुर पालन गर्नुभएका राईको खोरमै दैनिक छ देखि सात वटासम्म १३० केजीसम्मका बङ्गुर मरेका छन् । 

बङ्गुरमा छेरौटी लाग्ने, उच्च ज्वरो आउने, आहारा नखाने र झोक्राएर बस्ने जस्ता लक्षण देखिएको राईको भनाइ छ ।

हालसम्म प्राविधिकले रोग बारे पत्ता लगाउन सकेका छैनन् । मेचीनगर नगरपालिकाको पशु सेवा शाखाका प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए  ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : १९ बजे