५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाले एक साथ ६८ कर्मचारी हटायो



वीरगंज । असार १ गते देखि वीरगन्ज महानगरपालिका कार्यालयमा दैनिक ज्यालादारीमा काम गर्दै आएका ६८ जना भन्दा बढी कर्मचारीहरूको जागिर गएको छ । 

वीरगंज महानगरपालिकाले हिजो साँझ एक सूचना जारी गरी दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीहरूलाई असार १ गतेदेखि काममा नआउन निर्देशन दिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले जारी गरेको सूचनामा महानगरपालिकाको कार्यालय, महानगरका सबै वडा कार्यालय र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा २०७८ वैशाख देखि नियुक्त भई दैनिक ज्यालादारीमा काम गर्दै आएका सम्पूर्ण कर्मचारीहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि असार १ गतेदेखि लागु हुने गरी काममा नआउन निर्देशन दिएको हो । 

वीरगंज महानगरपालिकामा पूर्व नगर प्रमुख विजय सरावगीले ६८ जनालाई दैनिक ज्यालादारीमा काम लगाएकोमा महानगरपालिकाको नवनिर्वाचित टिमले दैनिक ज्यालादारीमा खटिएका कर्मचारीलाई हटाउने निर्णय गरेसँगै सोमबार महानगरपालिकाले सूचना जारी गरेको हो । 

महानगरपालिकाको नेतृत्वले विगतमा नगरपालिकामा रहेर हालीमुहाली चलाएका कर्मचारीलाई नगर क्षेत्रकै दुर्गम वडामा सरुवा गरेसँगै फेरि एक साथ ६८ जना कर्मचारीलाई हटाएपछि अहिले वीरगंज महानगरपालिकामा कर्मचारी बीच सन्त्रास छाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : २२ बजे