१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन प्रदेशमा कति बजेट आउँदै ?

सातै प्रदेशमा आज बजेट घोषणा हुँदै



 काठमाडौं । प्रदेश सरकारहरुले मंगलबार (आज) आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउँदैछन् । ७ वटै प्रदेशले गरी करिब ३ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ । यसमध्ये सबैभन्दा ठूलो आकारको बजेट वाग्मती प्रदेशले ल्याउने छ ।

उक्त प्रदेश एक्लैको बजेट ५० अर्ब नाघ्ने छ । सबैभन्दा कम आकारको बजेट भने सुदरपश्चिम प्रदेशको आउने छ । केन्द्रबाट जाने विभिन्न चार प्रकारका अनुदान, राजस्व बाँडफाँटको रकम र प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको रकम प्रदेश सरकारको बजेटको मुख्य स्रोत हो ।

प्रदेश सरकारले १ असारभित्र बजेट ल्याइसक्नुपर्ने कानूनि प्रावधान रहेको छ । चालु आव २०७७/७८ मा सात वटै प्रदेशमा कुल २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँको बजेट कार्यान्वयन भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा भने २ खर्ब ५९ अर्ब ६० करोडको बजेट ल्याएका थिए ।

चालु आ.व.मा ७ वटै प्रदेशले कार्यान्वयन गरिरहेको बजेट:

प्रदेश नं १ : ४० अर्ब ८९ करोठ

प्रदेश नं २ : ३८ अर्ब ७२ करोड

वाग्मती प्रदेश : ५१ अर्ब ४२ करोड

गण्डकी प्रदेश : ३२ अर्ब १३ करोड

लुम्बिनी प्रदेश : ३६ अर्ब ४१ करोड

कर्णाप्रदेश : ३३ अर्ब ७४ करोड

सुदूरपश्चिम प्रदेश : २८ अर्ब १६ करोड

संघीय सरकारबाट १ खर्ब ३ अर्ब ७० करोड वित्तीय हस्तान्तरण

आगामी आर्थिक वर्षका लागि संघीय सरकारले वित्तीय हस्तान्तरणको माध्यमबाट सात प्रदेशमा गरी कुल १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ छुट्याएको छ । यो रकम समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा छ ।

वित्तीय हस्तान्तरण सबैभन्दा धेरै प्रदेश १ ले १६ अर्ब २९ करोड रुपैयाँ पाउनेछ । सबैभन्दा कम वाग्मती प्रदेशले १३ अर्ब २ करोड रुपैयाँ पाउनेछ । राजस्व बाँडफाँटका माध्यमबाट भने सात प्रदेशमा कुल ६४ अर्ब रुपैयाँ पुग्नेछ । यसबाहेक आन्तरिक आय, ऋण तथा अन्य स्रोतका आधारमा प्रदेश सरकारहरुले बजेट ल्याउनेछन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ०८ बजे