१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाइपोथाइरोडिजम भएका बिरामीले  जान्नैपर्ने १० कुरा



१. हाइपोथाइरोडिजमका बिरामिले खाने औषधि भनेको थाइरोक्जिन हो । यो थाइरोड ग्रन्थीले निकाल्ने एक प्रकारको हर्मोन हो ।

२. थाइरोक्जिन औषधि प्राय कुनैपनी अवस्थामा हानिकारक हुदैन । नवजात शिशु , गर्भवती, सुत्केरी अवस्थामा बिना कुनै संकोच यसको प्रयोग गर्न सकिन्छ । तर मुटुका बिरामिमा भने यसको मात्रा मिलाउनु पर्दछ । रगतमा हर्मोनको मात्रा र बिरामिमा देखिएका लक्षणहरुका आधारमा चिकित्सकले औसधिको प्रयोग गर्ने वा नगर्ने निर्णय गर्दछन ।

३. गर्भास्थामा थाइरोक्जिनको मात्रा बडाउनु पर्ने हुन सक्छ, त्यसैले गर्भवती, गर्भ राख्ने सोचाइमा भएका र पहिले देखि नै औषधि सेवन गरिरहेकाले थाइरोडको जाँच गराउन अति आवस्यक छ ।

४. चिकित्सकको सल्लाह बिना औषधि सेवन गरिरहेका बिरामिले आफै औषधिको मात्रा कम गर्ने वा रोक्ने गर्नु हुदैन ।

५. थाइरोक्जिन औषधि सधै खाली पेटमा अर्थात खाना खानु भन्दा आधी देखि एक घन्टा अघि खानु पर्दछ ।

६. यदि कुनै दिन औषधि खान बिर्सिएको अवस्थामा सम्झिने बित्तिकै खाली पेटमा अथवा अर्को दिन एकैपटक दुई वटा थाइरोक्जिन ट्याब्लेट खान सकिन्छ ।

७. हाइपोथाइरोडिजम एक प्रकारको वंशाणुगत रोग हो र थाइरोइड ग्रन्थीलाई असर गर्ने औषधि सेवन गर्नाले पनि यो रोग निम्त्याउन सक्छ ।

८. हाइपोथाइरोडिजमका मुख्य लक्षणहरु जस्तै तौल बड्नु, थकान महशुस हुनु, निन्द्रा धेरै लाग्नु, महिनावारिमा गडबडी हुनु, कपाल झर्नु, कब्जियत हुनु, हातखुट्टा सुन्निनु, गर्भ तुहिनु वा गर्भ नरहनु आदि हुन।

९. हाइपोथाइरोडिजमका बिरामिले खानहुने र खान नहुने भन्ने केही हुदैन । आयोडिन युक्त खानेकुराहरको बढि प्रयोग गर्ने र आयोडिनको पाचन प्रक्रियामा असर पुर्याउने खानेकुरा जस्तै गोबिको तरकारी, सोयाबिन आदिहरु को कम प्रयोग गर्नुपर्दछ र जन्क फुड र मैदाबाट बनेको खानेकुराको पनि कम प्रयोग गर्नुपर्दछ ।

१०. चिकित्सको सल्लाह अनुसार थाइरोइडको औषधि खाइरहेका बिरामिले थाइरोइडको निम्ति रगत परिक्षण गर्दा त्यसदिनको औषधि खानु अघि नै रगत जाचको लागि दिनु पर्दछ ।  औषधि खाइरहेका बिरामिले शरिरमा TSH को मात्रा सामान्य नहुदा सम्म हरेक ६ अथवा ८ हप्तामा जाछ गर्नुपर्दछ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १ : ३९ बजे