८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एसपीपी सम्झौता गरिएको होइन भनेर अमेरिकालाई पत्र लेख्नुपर्दैन ?



 माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य नारायणकाजीे श्रेष्ठले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपालले नगरेको भए अमेरिकालाई पत्र लेखेर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्ने क्रममा नेता श्रेष्ठले सम्झौता नगरिएको सरकारको दाबी हो भने अमेरिकालाई औपचारिक रुपमा पत्र लेखेर विरोध गर्नसक्नु पर्ने बताए । ‘हामीले सम्झौता गरेका छैनौं भनेर पत्र लेख्न पर्दैन ? मुखले बोलेर हुन्छ ? सरकारको तर्फबाट पत्र लेख्न पर्‍यो,’ उनले भने ।

सामरिक स्वार्थ केन्द्रित गठबन्धनमा असंलग्न हुने नेपालको नीति त्याग्न लागेको हो कि भनी उनले आशंका व्यक्त गरे । स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रति आक्रोश व्यक्त गर्दै श्रेष्ठले एक पछि अर्को गरी अमेरिकाको हस्तक्षेप बढीरहेको आरोप लगाए । ‘एसपीपी भनेको विपद व्यवस्थापनको सहयोग गर्ने सम्झौता हो भनी यहाँ झुठ बोलिएको छ,’ श्रेष्ठले भने, ‘सन् २०१९ मा यो सम्झौता अघि बढेको भनिएको छ, तत्कालीन प्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्र मन्त्रीले जवाफ दिनुपर्छ ।’

परराष्ट्र र असंलग्न नीतिमा नेपालले ‘पाराडाइम शिफ्ट’ गर्न लागेको उनले भन्दै सरकारप्रति आशंका व्यक्त गरे । ‘के नेपालले घोषित परराष्ट्र र असंलग्न नीतिमा पाराडाइएम सिफ्ट गर्न खोजेको हो ?’ उनले सरकारसँग प्रश्न गरे ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ३२ बजे