१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट पास भएलगत्तै एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुको सपथ



असार १ गते बुधवारसम्म बजेट पास गरेर असार २ गते बिहीवार नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का प्रस्तावित मन्त्रीहरुलाई सपथ गराउने तयारी भए पनि प्राविधिक कारणले त्यसो हुन सकेन ।

 रासायनिक मलको विषयमा एमालेले स्थगन प्रस्ताव नै दर्ता गरेको कारण  केही दिन लम्बिएको बजेटमाथिको छलफल असार २ गत बिहीबार टुंगो लगाउने प्रयास भइरहेको  छ । राजनीतिक स्रोतका अनुसार बजेट पास भएलगत्तै एकीकृत समाजवादीका  नयाँ  मन्त्रीले सपथले लिने र संसद बन्द गर्ने तयारी भइरहेको छ ।

त्यसैकारण एकीकृत समाजवादीको स्थायी कमिटीको  निर्णय पनि बजेट सकिएलगत्तै मन्त्री फेरिने भनेर गरिएको थियो ।  मन्त्री फेरिने भएपछि मन्त्रीहरुले मन्त्रिपरिषद् बैठकमा एसका मन्त्रीहरूले अनेकन प्रस्ताव लैजान थालेका  छन् । स्रोतका अनुसार, २०७९ जेठ ३१ गते मंगलवारको मन्त्रिपरिषद बैठकका सबैभन्दा धेरै प्रस्ताव पर्यटन मन्त्री प्रेम आलेले लगेका थिए ।

नेपाल पर्यटन बोर्ड सदस्य, तारागाउँ विकास समितिको अध्यक्ष र सदस्यसचिव, नेपाल बायुसेवा निगममा अध्यक्ष र एमडीलगायत नियुक्तिहरुको सूची पनि लामो छ ।

स्रोतका अनुसार एस  अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले ल्याउने सबै प्रस्ताव पारित नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेका कारणले धेरै निर्णय भने रोकिएको छ ।

२०७९ मंसिर २२ गते संसदको सकिने भएकोले सरकार र आयोग मंसिरको पहिलो साता नै निर्वाचन गर्ने तयारीमा लागेका हुन् । आयोग अहिलेको संघीय चुनाव दुई चरणमा गर्नुपर्ने बताइरहेको छ । उसले केही साता अघि प्रस्ताव गरेको मिति पनि दुई चरणमा गर्ने भन्ने थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : ३९ बजे