९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाइल्याण्डका  राजदूतद्वारा नेपाल हस्तकला महासंघमा भेटवार्ता



काठमाडौँ ।  थाइल्याण्डका  राजदूत भोसिता भोरासाले नेपाल हस्तकला महासंघमा बुधबार  भेटवार्ता गरेका छन् ।

नेपाल र थाइल्याण्ड बीच विभिन्न हस्तकला सम्बन्धी कला शील्प तथा प्रविधि आदान प्रदान गर्न राजदूत भोसिताले  नेपाल हस्तकला महासंघको पदाधिकारीहरुसंग भेटवार्ता गरेका हुन्  । राजदूत  लगायत उनकि धर्मपत्नी र थाइल्याण्डको शाही राजदूतावासका नियोग उपप्रमुखलाई समेत नेपाल हस्तकला महासंघमा स्वागत गरिएको थीयो ।

थाइल्याण्डको बैंककमा वर्षेनी आयोजना हुने जेम एण्ड ज्वेलरी सो जस्ता हस्तकला व्यापार मेलाहरुमा नेपाल हस्तकला महासंघका हस्तकला उद्यमी, व्यवसायीहरुलाई सहभागिता गराउन अनुरोध गर्दै हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले  “हस्तकला व्यवसायी र हस्तकलाकर्मीहरुलाई थाइल्याण्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन अवलोकन गर्न अवसर प्राप्त हुने बताए”  । शाक्यले  बैंककमा नेपालमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउन नेपाल एकदेशिय मेला आयोजना गर्नु पर्ने आवश्यकतालाई मनन गरि नेपाली हस्तकला उद्यमी, व्यसायी र कलाकारहरुले आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रङ्ग संयोजनका बारेमा र विदेशी क्रेता विक्रेताहरु वीच एक आपसमा व्यापारिक अनुभव, सीप, प्रविधि र डिजाईनको आदान प्रदान गर्न समेत यस्ता मेलाले सहयोग पुयाउन सक्ने बताए   ।

 उनले  थाइल्याण्डको च्याङमाई विश्वविद्यायको अनुरोधमा ७ दिने धातुपत्र कला र मूर्तिको तालमान सम्बन्धमा आफुले दिएको प्रशिक्षणको स्मरण गर्दै कला आदान प्रदान कार्यक्रम आगामी दिनहरुमा गर्दै जानु पर्ने बारेमा  ध्यानाकर्षण गराए  ।

 सोहि  कार्यक्रममा  महासंघका वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले  थाइल्याण्डमा नेपाली हस्तकलाको बजार प्रवर्द्धनको लागि थाईल्याण्ड सरकारले नेपाली वस्तुहरुको निर्यातमा लगाएको भन्सार महशुल छुट   र थाइल्याण्ड सरकारबाट नेपाली सम्पदाहरुको निर्माण गर्न सहयोगको अपेक्षा राखेको  बताए   ।

राजदुतले थाइल्याण्ड सरकारले नेपाली हस्तकला वस्तुमा लगाएको भन्सार महसुलका सम्बन्धमा  सरकारसंग कुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे ।  भेटवार्ता उपस्थिति  अतिथि लगायत बैठकमा सहभागी सबैलाई महासंघका वरिष्ठ उपध्यक्ष सत्तम शाक्यले धन्यवाद दिदै    हस्तकला उद्योग व्यवसायको प्रवर्द्धनको लागि महासंघ र धाइल्याण्ड राजदूतावासको सहकार्यमा धेरै कार्यहरु गर्न सकिने बताइन्  ।

 भेटवार्ता पश्चात  राजदूतद्वारा ललितपुरको कनिबहाल र ओकुबहालका स्थानीय कलाकार तथा कालिगढहरुको कार्यशालामा धातु पाता एवं मैनबाट गरिने धातुकला ढलाई सम्बन्धी जीवन्त कार्यको अवलोकन गरेका थीए  ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ३ : २५ बजे