६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाने हैन गौतम बुद्द राष्ट्रिय उद्यान (फोटो फिचर)

देवदहको शान गौतम बुद्द राष्ट्रिय उद्यान



देवदह। धुलो, धुँवा, भीडभाड र कोलाहलपूर्ण दैनिकी बाट केहि केहि समय टाढा रहन सुन्दर र शान्त अनि खुला ठाउँको खोजीमा हुनुहुन्छ भने गौतम बुद्द राष्ट्रिय उद्यान तपाईंको लागि उपयुक्त स्थान हुन सक्छ। जहाँ  सयौं मानिस फुर्सदको समय सोही स्थानमा बिताउँछन् । बालबालिका मनोरंजन लिन्छन। 

पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ । व्यस्त दिनचर्याबाट केही समय छुट्याएर हिजोआज मानिसहरुमा घुम्ने रुचिको विकास भएको छ।

लामो बिदामा जिल्ला बाहिर तथा विदेश मूख्य गन्तब्य भए पनि छोटो समय फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन थालेका छन् । बिहिबार रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत खैरेनी बाट साढे २ किलोमिटर उत्तर तर्फ अवस्थीत पार्कमा पर्यटकको घुइंचो थियो। विदा बाहेक अन्य दिनमा पनि पर्यटक आउने उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताए ।

संघीय सरकार ,लुम्बिनी प्रदेश सरकार डिभिजन बन कार्यालय र बुद्द सामुदायिक बनको आर्थिक सहयोगमा पार्क निर्माण भएको हो। बुद्ध सामुदायिक वनको स्वमित्वमा रहेको करिब आठ हेक्टर क्षेत्रफलमा निर्माण गरिएको उद्यानमा हाल सम्म १ करोड २० लाख बढी लगानी भैसकेको छ।

नेपाल र बिशेष गरि बुद्दको मावली स्थललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्य सहित बुद्ध सामुदायिक वनको स्वामित्वमा रहेको क्षेत्रमा देवदह नगरपालिका पर्यटन प्रबर्दन समिति र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य र ड्रिम देवदह ‘युनिटी फर चेञ्ज’को सहजीकरणमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६ सम्पन्न भएको थियो। देवदहको इतिहाससँगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू उक्त कार्यशालामा निर्माण गरिएका थिए। विभिन्न आकृतिमा बनेका मुर्तिहरु उद्यानका विभिन्न भागमा सजाएर राखिएका छन् र सोहि मूर्ति पर्यटकको मूख्य आकर्षक बनेको छ।

उद्यानमा बुद्द र बुद्द संग सम्बन्धित मूर्ति,सेल्फी बृज,झरना पर्यटकको मूख्य आकर्षण रहेको उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताए ।

तस्बिर सबै गुराँस मिडिया बाट लिएको हो l

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : ०२ बजे