१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सुरु गर्‍यो प्रतिभाको खोजी



काठमाडौं– मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट बिभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुवात गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत बिहिबार प्रदेश १ मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९” बिहीबारबाट औपचारिक सुरुवात गरेको हो । उक्त कार्यक्रम मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी स्पोर्टस एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्विरमा माल्यापर्ण संगै अम्पायरलाई बल हस्तान्तरण गरी उद्घाटन् गरे  ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगितामा तिन टिम सहभागिता रहेको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए  । विभिन्न तिन टिममा सहभागि ४० जना खेलाडीहरु प्रदेश १ का सवै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनौट गरिएको उहाँले बताए  । दुई दिने प्रतियोगिता पश्चात प्रदेश १ को टिम तयार गरिने समेत उनले जानकारी दिए  ।

छनौट गरिएका खेलाडीहरुलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र बिराटनगर क्रिकेट क्लव ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताए  । प्रतियोगिता २५/२५ ओभरको हुने उनले  जानकारी दिए  ।

‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियान मार्फत सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सक्षम बनाईने उपमहासचिव श्रेष्ठले बताए  । एकेडेमीले यो महिना क्रिकेट सँगै अन्य ८ वटा खेलको आयोजना गरि जननेता मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उनको  भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २८ बजे