८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मारिओपोलमा पक्राउ परेका १ हजार युक्रेनी सेना रुस पठाइयो 



एजेन्सी : किभ, २५ जेठ । मारिओपोलमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रसियामा सारिएको बताइएको छ । रुसी समाचार निकाय इतार तासले सो जानकारी दिएको हो । यसबारे युक्रेनले आफ्नो धारण सार्वजनिक गरेको छैन् ।

आफ्नो नियमित रात्रिकालीन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले स्वतन्त्रतापछिकै ठूलो जटिलता सामना गर्न सक्ने बताएका छन् । यसैबीच, म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटलाईट तस्बीरमा पूर्वी युक्रेनी सहर सेभेरोदोनेत्स्कमा ठूलो क्षति भएको देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
पछिल्लो समयमा रुसी सेनाको सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ४८ बजे