६ आश्विन २०८०, शनिबार | Sun Sep 24 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियामा फाेटाे तथा भिडियो पत्रकारीता तालिम सुरू



बर्दियाकाे ठाकुरद्वारामा तीन दिने फाेटाे तथा भिडियो पत्रकारीता तालिम सुरू भएकाे छ । लुम्बिनी प्रदेश सरकारकाे आन्तरिक मामला तथा सञ्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासंघ लुम्बिनीको समन्वयमा तालिम सुरू भएकाे हाे ।

शुक्रबार देखि सुरू भएकाे तालिमकाे प्रमुख प्रशिक्षक मनाेज पाैडेल र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरीले ब्यानर पढेर उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख प्रशिक्षक मनाेज पाैडेलले एउटा फाेटाेले हजार शब्दकाे वयान गर्ने बताए । उनले फाेटाेकाे माध्यमबाट सम्बन्धित पक्षकाे ध्यानाकर्षण गराउन सकिने बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार कमल पन्थीले बर्दियाकाे पर्यटन प्रवर्द्धनमा तालिम फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ बर्दिया उपाध्यक्ष मेनुका चाैधरीले पत्रकारीतामा महिलाहरूकाे सहभागिता बृद्दि गर्नु पर्नेमा जाेड दिइन । कार्यक्रम पत्रकार महासंघ लुम्बिनी अध्यक्ष वसन्त गिरीकाे अध्यक्षता, उपाध्यक्ष सुक्रऋषि चाैलागाईकाे स्वागत र काेषाध्यक्ष यम नारयण घिमिरेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । असार ३ गते सुरू भएकाे तालिम असार ६ गते सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १७ बजे