१४ चैत्र २०७९, मंगलबार | Tue Mar 28 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही जिसस प्रमुखमा गठबन्ध विजयी



भैरहवा । जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा गठबन्धन प्यानलका उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिवार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली कांग्रेसका चपाई उम्मेदवार बनेका थिए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याएका थीए ।

यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमनप्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९, लोसपाका मुकेशकुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : ३२ बजे