१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री खाँणको निर्देशन



बुटवल- गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् ।

जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गरे ।

राष्ट्रिय भूमि आयोग, काठमाडौँको आयोजनामा बुटवलमा आज भएको जिल्ला समितिका पदाधिकारीका लागि लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री खाँणले सबै नागरिकलाई घर जग्गाको स्वामित्व दिलाउनु आयोगको पहिलो दायित्व भएको बताए । सरकारले राजनीतिक पूर्वाग्रह राखेर यसअघिको भूमि आयोग खारेज गरेको नभई संविधानले व्यवस्था गरेअनुरुप सबै प्रक्रिया पूरा गरेर भूमि समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको उनले उल्लेख गरे ।

‘सरकारका तर्फबाट के गर्नुपर्छ, सबै सहयोग गर्न हामी तयार छौँ, तपाईहरु काम गर्नुस्’, मन्त्री खाँणले भने । स्थानीय तहका नयाँ जनप्रतिनिधि पनि आफ्नो पालामा भूमिहीनको समस्या समाधान होस् भन्ने दृढताका साथ लागिपरेको उल्लेख गर्दै उहाँले आयोग र स्थानीय पालिकाको समन्वमा अव्यवस्थित बसोबास र भूमिहीनको समस्या समाधानका लागि तत्काल अघि बढाउन सुझाव दिए ।

सरकारका कुनै पनि कार्यालयले भूमि आयोगलाई सहयोग दिनु पहिलो दायित्व भएकाले सबैसँग सहयोग लिएर भूमिहीनलाई भूमिको व्यवस्था गरेर आफ्नो कामको शुरुवात गर्न मन्त्री खाँणले पालिकाका प्रमुखहरुलाई आग्रह गरे ।
लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले लालपुर्जा वितरणको काम छिटो थाल्न आयोगका पदाधिकारीसँग आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

आयोगका अध्यक्ष केशव निरौलाले आयोगले सबै प्रक्रिया पूरा गरी छिट्टै भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरमा रहेका भूमिहीन तथा सुकुम्वासीलाई लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाएको उल्लेख गर्दै आयोगसँग समन्वय गरेर काम गर्ने बताए । रासस

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ५८ बजे