८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र विकास बोर्ड अध्यक्षको खोजीमा



काठमाडौं ।  रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले सूचना जारी गरेको छ । सरकारले योग्यता पुगेका नेपाली नागरिकका लागि सूचना जारी गर्दै थप जानकारीका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

सार्वजनिक सूचनामा अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा काम गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।

बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालको कार्यकाल केही दिनअघि सकिएपछि अध्यक्ष पद खाली छ । सरकाले २०७७ जेठ २३ गते बोर्ड सदस्यसमेत रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : २६ बजे