१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसपीपीबारे छलफल बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित



काठमाडौँ । सङ्घीय संसद् अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित  भएका छन्  । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम(एसपीसी) बारे छलफल गर्ने समितिले प्रधानमन्त्री देउवालाई बैठकमा बोलाएको थियो। यसअघि यसै विषयमा सांसदहरूले जवाफ माग्दा प्रधानमन्त्री देउवा सङ्घीय संसद्मा समेत अनुपस्थित भएका थीए  ।

प्रधानमन्त्री देउवा असारको दोस्रो साता अमेरिकाको भ्रमणमा जाँदै छन्  । उक्त भ्रमणका क्रममा एसपीपीमा सम्झौता हुने आशङ्का गर्दै व्यापक विरोध हुँदै आइरहेको छ । जनस्तरमा व्यापक विरोध सुरु भएसँगै सो विषयमा जानकारी लिन संसदीय  समितिले प्रधानमन्त्री देउवालाई आज बोलाएको थियो।

गत शुक्रवारको बैठकले एसपीपीबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको थियो।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री कार्यालयले आउन नभ्याउने भनी जानकारी गराएको  बताइन  ।  प्रधानमन्त्रीका स्वकीय सचिव  भानु देउवाले आउन नसक्ने जानकारी गराएको जानकारी  दिए । आज बिहानभर प्रधानमन्त्रीलाई समितिमा उपस्थित गराउन आफूले धेरै पहल गरेको तर उपस्थित गराउन नसकेको उनले  बताए  ।

प्रधानमन्त्री देउवा समितिको बैठकमा नआएसँगै नेकपा एमालेका नेता तथा पूर्व रक्षा मन्त्री भीम रावलले प्रधानमन्त्री देउवा राष्ट्रघात र संविधान तथा लोकतन्त्रविरुद्ध लागेको भन्दै खेद व्यक्त गरेका छन्   ।  उनले   प्रधानमन्त्रीले संसद्बाट भागेर गल्ती ढाकछोप गर्न खोजिरहेको बताए  ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ३६ बजे