१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवालाई आन्तरिक उडानमा दोस्रो हब बनाउँदै वायुसेवा कम्पनी



काठमाडौं । नयाँ विमानस्थल सञ्चालनमा आएसँगै वायुसेवा कम्पनीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हव विमानस्थल बनाउने भएका छन् ।

काठमाडौंबाहेक अहिले वायुसेवा कम्पनीको प्राथमिकतामा पोखरा हवका रुपमा रहेको थियो । बुद्ध एयरले पोखरा विमानस्थललाई एयरले सबै प्रदेशसँग जोडेको छ ।

अब भैरहवा विमानस्थलाई समेत सबै प्रदेशमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरले बिहीबार एक विज्ञप्ति निकाल्दै गौतमबुद्ध विमानस्थललाई आन्तरिकतर्फ दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको हो । भैरहवाबाट पोखरा र भरतपुरको उडान अहिले पनि सञ्चालनमा छ ।

निकट भविष्यमा भैरहवाबाट विराटनगर, भऽपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना बुद्ध एयरले जनाएको छ । उडानसँगै पर्यटकहरुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : ५९ बजे