१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मल आएको छैन, तर पश्चिम नवलपरासीमा सुरु भइसक्यो रोपाइँ



पश्चिम नवलपरासी  । धान नेपालको प्रमुख खाद्यान्न वाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने एकल वाली पनि हो । नेपालको कुल खेती योग्य जमिन मध्ये १५ लाख हेक्टर भन्दा वढी क्षेत्रफलमा खेती हुने यो बालीको उत्पादकत्व भने अन्य देश तथा महादेशहरुको तुलनामा निक्कै कम रहेको छ । विगत आधा शताब्दी भन्दा धेरै समय देखि देशमा भैरहेका कृषि विकासका प्रयासहरुमा पनि यो वालीले मुख्य प्राथमिकता पाउदै आएको छ ।

मनसुन सुरु भएसंगै देशका बिभिन्न  क्षेत्रमा धान रोपाइँ सुरु भैसकेको छ ।  प्रदेश  ५ को  पश्चिम नवलपरासी  क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका पालिनन्दन, रामग्राम, सुनवल, भुमही, सरवल, लगायत अधिकांश ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो।

रोपाइँ  सुरु भएपनि  रासायनिक मल नपाएपछि अधिकांश किसान  विनामल खेत रोप्न बाध्य भएका छन् ।
“पम्पसेट लगाएर खेतका गरा पानीले भरिएका छन्, ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ, मल पाइन्छ कि भनेर केही दिन कुरेका हौँ”, अहिलेसम्म पनि मल नपाइएपछि विनामल नै रोपाइँ सुरु गरेका छौँ”, सुनवल नगरपालिका ७ का राधाकृष्ण न्यौपानेले बताए ।  न्यौपानेको अनुसार जिल्लामा प्राप्त  मात्रामा मल छैन  केही किसानहरूले भारतबाट व्यापारीहरूले लुकिछिपी थोरै  मात्रमा आयात  गरि ल्याएको मल खरिद  गरि  रोपाइँ थालेका छन् । 

सरकारले समयमा मल उपलब्ध गराउन  नसक्दा किसानहरू भारतबाट  लुकिछिपी ल्याइएको मल चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । 

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष धानको बिउ  चाडै हुर्किएको  कारण  रोपाइँ सुरु गरिएको स्थानीय किसानको भनाइ छ । 

पहिलो चरणको रासायनिक मल वितरण भयो अन्य आउने प्रक्रियामा छ” – कृषि ज्ञान केन्द्र नवलपरासी

कृषि ज्ञान केन्द्र नवलपरासीले पहिलो चरणमा जिल्लाका ७  स्थानीयतहलाई अनुदानको  ३०१ मेट्रिक मल कोटा  अनुसार वितरण गरिएको बताएको छ ।  माग संख्या धरै भएको तर प्रदेशबाट थोरै रासायनिक  मल वितरण भएका कारण  कृषकको  मागअनुसार मल उपलब्ध  गराउन नसकेको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीले प्रदेश सरकारसँग मलको विषयमा पहल भैरहेको कारण चाँडैनै मलको समस्या हाल हुने जनाएको छ ।  

रासायनिक मलकोमात्र  भर पर्न पर्दैन” – कृषि विज्ञ पुष्पराज दुलाल  

कृषि तथा वन विश्वविद्यालयबाट मान्यता प्राप्त रामनगर कृषि  क्यापसका प्राध्यापक तथा धान खेतीमा अनुसन्धान  गरिरहेका पुष्पराज राज दुलालले धान खेती गर्दा   रासायनिक  मालकोमात्र भर पर्न नपर्ने बताएका छन् ।  कृषकहरूले बढी उत्पादनको आशमा बढीनै रासायनिक  मलको  प्रयोग गर्दा देशमा मलको अभाव  भएको र माटोको उर्वरा शक्ति घटेको   उनको  भनाइ छ।  

धन खेतीमा रासायनिक मलको भन्दा प्राङ्गारिक मलको भूमिका बढी रहेको उनले बताएका छन् । प्राङ्गारिक मलबाट बिरुवाले सन्तुलित खाद्यतत्त्व प्राप्त गरि राम्रो वृद्धि र विकास गर्दै धेरै उत्पादन दिने छन ।

“माटोबाट लिएको धेरै जसो फस्फोरस तथा पोटास फेरी माटोमै फर्कन्छ तर हाम्रो देशमा धानको साथै सबै पराल पनि खेतबाट उठाउने हुँदा जमिनमा फस्फोरस तथा पोटासको कमी हुँदै गइरहेको” उनले बताए   ।  उनले  भने “प्राङ्गारिक वा गोठको मल प्रशस्त नहुने ठाँउमा भने सन्तुलित रुपमा रासायनिक मल तथा शुक्ष्मतत्वहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ”। त्यस्तै प्राङ्गारिक मलको आपूर्तिका लागी कोशेवाली वा हरियोमलको प्रयोग पनि गर्न सकिन्छ । जसबाट प्राङ्गारिक पदार्थको आपूर्तिका साथै नाइट्रोजन लगायतका रासायनिक मलको आपूर्ति पनि हुनजान्छ”  । 

जिल्लाको  कतिपय  ठाउँमा  सिँचाइको व्यवस्थापन नहुदाँ बोरींगबाट पानी खेतमा लगाएर भए पनि रोपाइँ सुरु गरेका छन् । उनीहरूका अनुसार खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैन, यस्तो अवस्थामा पनि धान रोप्नै पर्ने, मल नपाए यस वर्ष उत्पादन घट्ने चिन्तामा किसान छन् ।

खेतमा काम गर्ने मजदुर  नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी शुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : २२ बजे