१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“राज्यलाई चाहिन्छ भने सुनको लौरो  दिन्छु” – प्रसाई



झापा । व्यवसायी दुर्गा प्रसाईले दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले उपहारको रुपमा दिएको   ‘सुनको लौरो’ राज्यलाई दिने बताएका छन्  ।

झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले   दुबईका राजकुमारले दिएको लौरो सुनको भनेर चर्चा भइरहँदा त्यसबारे आफू अनभिज्ञ रहेको  बताउदै उपहार के को हो  भनेर सोध्ने  कुरा नभएको  बताए  ।

‘मलाई दिएको उपहार हो त्यो, सुनको हो कि के को हो सोध्ने कुरो भएन’ पूरै पहेँलो रंगको छ, त्यसलाई मैले राखेको छु। एयरपोर्टमा लिएदेखि हेरेको पनि छैन’, उनले भने  ।

उनले अरु नेताहरु जस्तो आफू विदेशमा पैसा लुकाउँदै हिँड्ने मान्छे नभएको पनि बताए  । ‘अरु कसैले लौरो पाएको होइन बिजनेस पार्टनर पनि रहेका दुबईका राजकुमारले दिएको लौरो राज्यलाई दिन मलाई कुनै समस्या हुँदैन।’प्रसाईले भने  ।
धेरैतिरबाट लौरो लौरो भनेर आइसकेपछि आफुले यस बारेमा गृहमन्त्रीसँग कुरा गरेर राज्यलाई चाहिन्छ भने दिन्छु भनेर भनेको उनले बताए  ।

 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ५८ बजे