६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता



काठमाडौं :  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझादारी छ ।

त्यस्तै डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज जोशी हुनेछिन् । असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डिडिए, साधारणसभालगायत कामलाई तीव्र बनाउने समझदारीमा उल्लेख छ ।

दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड छ। दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्यांकन प्रतिसेयर २२९ रुपैयाँ छ भने, इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्यांकन २७५ रुपैयाँ छ।

अघिल्लो हप्ता यी दुई बैंकको मर्जरको हल्लाले मेगा बैंकको सेयरमा सकारात्मक सर्किट लागेको थियो।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : ०३ बजे