१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलको भाउ २१ र डिजेल-मट्टीतेलको २७ रूपैयाँ बढ्यो



काठमाडौं । आइतबार राति १२ बजे बाट लागु हुने गरि सरकारले २१ रुपैया बढाउदै पेट्रोल १९९ रुपैया प्रतिलिटर पर्ने भएको छ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ,डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।

एलपी ग्यास,को भने मूल्य यथावत,एक हजार ८ सय रूपैयाँ नै छ।

हवाइ इन्धन(आन्तरिक र बाह्य)को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य  बढाएको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : २४ बजे