१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप



साइराम उपरकाेटी,  काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो।

नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका थिए।

प्रदर्शनकारी र प्रहरीबिच ढुंगा हानाहान भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै विरोध गरेका थिए।

निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : २४ बजे