१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का विशेषताहरु ?



काठमाडौं। सञ्चार क्षेत्रबाट राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने बताएका छन् । 

मंगलबार आयोजित घोषणा सभामा उनले  ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा रहेका विशेषताहरु बताएका हुन् ।

उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनको भनाइ थियो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी’का विशेषताहरु

–प्राइमेरी निर्वाचन
–युवालाई ५० प्रतिशत एकको व्यवस्था
–प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था
–राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
–डिजिटल डेमोक्रेसीको व्यवस्था
–परिवारवादलाई पूर्ण रूपमा निषेध
–भ्रातृसंगठन र कार्यकर्तारहित

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ५३ बजे