७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जंगको सपना, संघर्ष अनि सफलता 



मानिस उमेर जब सानो हुन्छ । उसका आवश्यकता पनि सानो हुन्छन् । जब उमेर फराकिलो हुँदै जान्छ । उसको आवश्यकता पनि ठुलो हुँदै जान्छन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाले प्रनश्त्तोर कविता भर्नुभएको छ “के लिनु लक्ष्य उठि छुनु चन्द्र एक” यस धर्तीमा मानिस भएर जन्म लिएपछि केही न केही लक्ष्य त लिनुपर्ने हुन्छ । 

समान्य एउटा किसानको छोराले आफ्नो हैसियत  भन्दा ठूलो सपना देख्ने कुरै थिएन । सपना देख्न सबैलाई स्वतन्त्रता छ । यहाँ हरेक मानिसले सपना देख्न पाउँछन् । पाँचथर जिल्लाको तुमामेवा गाउँपालिका एक मा जन्मिएका जंग   बहादुर तामाङ जसले केहीले सपना देख्न छाडेन र त ? आज एउटा उचाइमा छन् । गाउँको वातावरण छोराले पढेर कमाउँछ भने सबै आमाबुबाको चाहना हुन्छ । 
एस.एल.सी सम्म गाउँकै विद्यालयमा पढे । अवसरको खोजीमा गाउँबाट सदरमुकाम सम्म आए । आठ –नौं जना दाजुभाइमा कान्छा बाल्यकालमा अभावमा नै बित्यो । वि.सं २०६५ साल ताका १२  पासपछि एक वर्ष सोलार प्रविधि भएर काम पनि गरे । काम भन्नुको मात्र खान र बस्न धउधउ पर्ने बचतको कुनै कुरानै थिएन । 

शिक्षा लिनको लागि केके गरेनन् ?
जब गाउँमा आमाबुबाको पेरिफेरिमा घरकै आँटो मिठो खाएर घर स्कुल गरिरहेको केटो एस.एल.सी पछि उच्च शिक्षा हासिल गर्नका लागि गाउँबाट सदरमुकाम झर्छन् । घरको आर्थिक स्थिति खासै बलियो थिएन् । पाँचथरकै इन्द्रणी मा.वि मौवामा इ.एडीमा भर्ना पनि हुन्छन् तर समस्या पैसाको खाना बस्न र पढाई खर्च जुटाउन उनलाई यति असजिलो भयोकी उनका आमाबुबाले उनको पढाई खर्च जुटाउन घरमा पालेको गाई, बाख्रा, कुखुरा सुँगुर समेत बेच्नु परेको थियो । सायद “धन भन्दा विद्या ठुलो” भन्नु पनि कहिलेकाँही बेकार जस्तै लाग्ने किनकि जब त्यही विद्या लिनका लागि धन खर्च गर्न परेपछि कतै यो कथन गलत होइन् भने जस्तो भान हुने । यहाँ बाँच्नको लागि संघर्ष भनेर त्यसै भनिएको होइन । जब उनले १२  सकाए त्यसपछि अर्थोपार्जन कसरी गर्ने भने कुराले सताउन थाल्यो । यसै दौडनमा उनी वि.स २०६५ मा माध्यमिक तह उत्तीर्ण  भएपछि सोलार प्राविधिक भएर पनि काम गरे तर काम गरेको भन्नु मात्रै खान, बस्न र कोठा भाडा तिर्न पनि धउधउ भयो   । 

“कहिलेकाँही मान्छेलाई प्रणावायुले धोका दिन सक्ला तर उ भित्र रहेको कडा सङकल्पले धोका दिदैन”

जे हुन्छ सधैँ राम्रोको लागि हुन्छ ?
भनिन्छ हरेक रातपछि बिहानी, हरेक पटकको राम्रो समयपछि नराम्रो. अनि नराम्रो समयपछि राम्रो समयको सुरुवात अवश्य हुन्छ । वि.सं २०६६ साल चैततिर तेह्रथुमको इवा गा.वि.स कालिपामा साथी महेन्द्र कार्की घरमा जांदा संयोग हो वा भाविको खेला रेडियोमा बिहना आठ बजेको “तमोर हाल खबर” सुन्दै थिए । सायद भाविले सातौं दिन भाग्यमा के बने भनेर पहिले नै लेखि दिएका हुन्छन् । मान्छेलाई उसको कर्मको बाटोले पनि उत्तैउत्तै तिर लाग्छ । पाँचथरको मान्छे तेर्हथुम  पुगेर समाचार सुन्दै गर्छन् । रेडियोमा विज्ञानपन बज्छ । विज्ञापनमा रेडियो पत्रकारितामा आउन चाहनेका लागि अवसर भनेको सुन्छन् । जुन सूचना सुम्हालुङ एफ.एम पाँचथरको हुन्छ । 

अभावले जन्माएको पत्रकारिताको भोक ?
कहिले काँही मान्छेलाई बाध्यताले गर्दा बाटो मोडन बाध्य बनाउछ । यहाँ अभाव भन्दा महान गुरु अरु केही हुनै सक्दैन् । जब उनले विज्ञापन सुने आफूभित्रका दबिएका सपनाहरु फेरी उबजिन लाग्यो  । जब क्षेत्रीय प्रसारण केन्द्र धनकुटाबाट वि.सं २०६० सालतिर पहिलोपटक बिहान १०: १० बजेपछि कार्यक्रम “संङगीता लहर” मा पत्र मित्रतामा उनको नाम प्रसारण भयो तब उनलाई रेडियोमा बोल्ने र काम गर्न खुब रहर लाग्यो । विज्ञापन सुनेपछि उनी भित्र खुसीको कुनै सिमाना नै रहेन । उनी आफ्नो सपनाको गाडिलाई गुडाएर लागे सुम्हालुङ एफ.एफ को स्टेशन तिर उनी भित्र रेडियोमा काम गर्ने बोल्ने इच्छा यति तीव्र थियो कि ! शुरुमा उनलाई कार्यक्रम प्रस्तोता हुने मन तर अभावको अगाडि कसैको केही नलाग्ने । कार्यक्रम उत्पादक र प्रस्तोताको लागि शुक्ल रु २१०० गोजीमा सोलार प्राविधिक भएर कमाएको पैसा १८ सय मात्र थियो ।

अभावको अगाडि घोडा टेकेन तर आफ्नो सपना भन्दा अलिकति तल झरे र सपनालाई मर्न भने दिएन । धन्न समचार लेख्न र वाचनको लागि १६ सय शुक्ल रहेको थियो । सपनाको अगाडि पैसाले रोक्दैन भने लाग्यो । अनि उनले फर्म भरे समाचार लेखन र वाचनमा । 
कहिलेकाँही बरु मान्छेलाई प्रणा वायुले धोका दिन सक्छ । उ भित्र रहेको कडा सङकल्पले धोका दिंदैन् ।
 उनले आफूले देखेको सपना भन्दा एक तह तल झरे तर सपनालाई मर्न भने दिएन । माग सङख्या मात्र दुई थियो । उनको नाम पनि सर्ट लिस्टमा आयो । सायद दैवलाई पनि मञ्जुर थियो कि अन्ततः जङग छनोटमा परे । वि.सं.२०६७ भदौं ५ गतेका दिन उनी समाचार वाचक र सम्वांदाता रुपमा नियुक्त भए । 

अवसरको खोजिमा काठमाडौंसम्म ?
यो नितान्त सत्य हो । मान्छे हरेक पल अबसरको खोजिमा भौताडिन छन् । जङगलाई पनि यस्तै भयो । सुम्हालुङ एफ.एम मा समाचार लेखन र वाचनमा तीन वर्ष काम गरे तर पारिश्रमिक भनेको जस्तो पाएन । हुन पनि रु १५०० तलबले काँहा पुग्थेयो र ?  खान बस्न नै मुश्किल र धाउधाउ पर्थेयो । देश पूरै निवार्चनको महोलमा हुमिएको थियो  । उनी सम्झछन् वि.सं.२०७० दोस्रो संविधान सभाको निवार्चनको ताका पाँचथर जिल्लाकै इगल एफ.एम मा समाचार सम्पादक भएर काम गरे उक्त भूमिकामा तीन वर्ष काम गर्दा पनि उनको मन शान्त बसिरहन सकेन त्यहाँ पनि वि.सं.२०७६ सम्म काम गरेपछि उनीले आफ्नो यात्रालाई काठमाडौं तिर मोडे । उनी सँग अनुभवको कुनै कमि थिएन । मात्र उनलाई अवसर र माध्यमको जरुरत थियो । वि.सं. २०७६ मंसिरमा काठमाडौं आएपछि नेपाल न्यूजमा सुरक्षा÷अपराध÷अदालत बिटको संम्वादाता भएर चार महिना काम गरे । विश्व मानव समुदायनै कोभिडबाट आक्रान्त थियो । उनी पनि त्यो चपेटाबाट उन्मुख हुन सक्नेन् ।

जसको प्रतिफल स्वरुप उनी देखापढी डटकममा सोही बिटमा ९ महिना काम गरे । काँही समाचारलाई शब्दमा छोट्याउँन मिल्छ भने लाग्यो । त्यहाँ पनि ६० शब्दको समचार प्रकाशन हुन थालेपछि उनको मन फेरियो । अहिले उनी फरकधारमा अदालत÷कांग्रेस बिटको संम्वादाताको भूमिकामा रहेका छन् । उनी सम्झन छन् वि.सं. २०६९ सालमा पोलिगन कलेज बबरमहलबाट ५६ दिनको टेलिभिजन न्यूज एङकरिङ र प्रोग्राम कोस पूरा गरेको । उनी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडिया जस्तै बीबीसी मिडिया एक्सन, नेफेज अकोराब युनडिपीबाट इनडेफय र इन्भेटिगेटिभ रिपोर्टिङ बारे तालिम प्राप्त गरेका छन् । हाल उनी नेपाल टपका सक्रिय संम्वादाता हुन् । 

भाषामा समस्या ?
उनी तामाङ समुदायमा हुर्के । उनको मातृभाषा तामाङ नेपाली दोस्रो भाषा । शुरुवाती चरणमा भाषीक शुद्धता मिलाउन उनलाई मुश्किल भयो । जंग  सम्झिन्छन “हामीहरुको भाषा लिङग बिहिन भाषा हो । भाइले भात खान्छ । बहिनीले पनि भात खान्छ हुन्छ । यसलै मलाई भाषीक शुद्धतामा धेरै असर गर्यो   । 


पत्रकारितामा स्रोतसँगको सम्बन्ध हुनु जरुरी छ
जब उनी शुरुशुरुमा पत्रकारिताको मरुभूमीमा हुमिए तब उनलाई महशुस भयो । पत्रकार भएर मात्र हुँदैन रहेछ । उनी पहिले सोलार प्रविधिकका रुपमा काम गर्थे । पत्रकारिताको आकाशमा विल्कुलै नयाँ शुरुशुरुमा उनलाई स्रोत सँगको सम्बन्ध बनाउँन धेरै गार्यो  भयो । जब उनी पत्रकारितामा भिज्दै गए । त्यसपछि स्रोत सँगको सम्बन्ध राम्रो हुँदै गयो । उनी भन्छन् यदि कोही राम्रो पत्रकारिता गर्न चाहान्छ भने स्रोत सँगको उसको राम्रो सम्बन्ध स्थापित भएको हुनुपर्छ । पत्रकारिता भनेको जटिल पेसा उनी भन्छन । यहाँ लगाब भएकाहरु मात्र टिक्छन् । 

पत्रकारीतामा अस्वस्थ प्रतिस्पर्धा
हरेक समय बजारमा पूराना समान भन्दा नयाँ समानहरु केही फरक शैलिमा आएका हुन्छ । उनी आफ्नो अनुभव राख्दै भन्छन् “पत्रकारीतामा पेसामा अस्वस्थ प्ररीस्थिति पनि हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल पनि हुन्छ । महिले पनि यसको सामना गरेको छु ।” गाउँ घरमा भनिने एउटा कथन छ नी “हुने बिरुवाको चिल्लो पात” उनी पनि यसका एक उदाहरण हुन् । 

भनिन्छ नि मान्छेको इच्छा शक्तिको अगाडि भगवानको पनि केही लाग्दैन । जङगको पत्रकारिताको गर्जन शक्तिशालि थियो र त उनी यसको दुँनियामा चम्किने प्रयासमा छन् । उनले यसै वर्ष मात्र आदिवाशी जनजाति पत्रकार महासंघ (फोनिज) बाट पाँचथरको तामाङ भाषाको पहिलो समाचार वाचक पनि भएकाले सम्मानित भएका थिए ।


प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : १२ बजे