१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात रोगले वर्षेनी बाख्रा मरेपछि किसानहरू चिन्तित 




स्याङ्जा ।  दुख गरि पालेका पशुहरू मरेपछि कसको  मन दुख्दैन र ? स्याङ्जा जिल्लाको  कालिगण्डकी गाउँपालिका वडा न १ छिस्दीका मोतिलाल घर्ति मगरको मन भारी छ । पोहोर  तीनवटा  ठुल्ठुला बोका  मरे फेरि यो  वर्ष अर्को गर्भवती बाख्रा  मरेपछि मगरलाई  ठुलै नोक्सानी भोग्नु  पर्यो  ।

खै के हो के हो  ? दैवले बाख्रा नपाल भनेको हो   कि बुझ्नै सकिन पोहोर  उन्नाइस, तेइस र चालीस किलोको बोका  मरे, यिनै हातले खाल्डो  खनेर गाडेँ, फेरि यो  वर्ष   गर्भवती  बाख्रो मर्यो  दुखी हुँदै मगरले भने ।

उनको  घरमा हरेक वर्ष जेठ असारतिर पालेका बाख्रा मर्ने गरेका छन तर के रोग  हो  ?  यसको  सोधीखोजी भएपनि  रोग  पत्ता लागेको  छैन । भेटनरी चलाउनेहरुले घाँसको  कारणले पनि मर्छन् भन्छन् तर मलाई त्यस्तो लाग्दैन यो  अज्ञात रोगनै हुनुपर्छ उनले भने ।

यो रोगले  आक्रमण गरेपछि बाख्राहरू झोक्राउने  र विस्तारै टेक्न नसक्ने खुट्टा कक्र्याइएर अनौठो  आवाज निकालेर मर्ने गरेको उनको  भनाई छ । छिस्दीका डन बहादुर गाहको  घरमा पनि बाख्रो मरेको छ भने गाउँघरमा फाट्टफुट्ट बाख्रा मरेको मगरले जानकारी दिए ।

तस्तै अघिल्लो वर्ष  रुरुक्षेत्र गाउँपालिका वडा न ३ गौतम टोलका किसान घनश्याम गौतमका एक दर्जन र रुरुक्षेत्र १ अम्लपाटका किसान शिव ज्ञवालीका आधा दर्जन बाख्रा अज्ञात रोगले मरेका थिए ।
राज्यले किसानलाई पशुपालन र कृषिमा प्रोत्साहन  गर्ने भनेपनि गोठै  भरिका बाख्रा मर्दा पनि राज्यको तर्फबाट केही चासो नदेखिएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : १५ बजे