१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिनन्दन गाउँपालिका, जहाँ कार्यालयमै मस्त निदाउँछन् कर्मचारी

वडा अध्यक्ष भन्छन्  "खेत रोप्दा थकाइ लागेर होला"



 पश्चिम नवलपरासी  । “सरकारी काम कहिले जान घाम”  भन्ने उखान यसै चर्चामा आएको भने हैन । सरकारी कर्मचारीहरूले कार्यालयमा   कतिसम्म  लापरबाही गर्छन भन्ने  बारे  यो तस्बिरले प्रस्ट पार्छ ।  माथिको तस्बिर पश्चिम नवलपरासीको  पालिनन्दन गाउँपालिका वडा दुईको हो  ।

दृश्यमा देखाइएका व्यक्ति त्यहाँका वडा सचिव शम्भु प्रसाद साहानी हुन् । एक सेवाग्राही वडामा जादा उनी मस्त निन्द्रामा भेटिए  । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पङ्खाको हावा खाँदै उनी मस्त निदाएका थिए । स्रोतका अनुसार वडा सचिवलाई सुतिरहेको  देखेपछि  उनी फर्किए र १० मिनेट पछि पुन गए । तर अवस्था उस्तै थियो  । सेवाग्राहीले दुइ पटक  ढोका ढकढकाए पछि  बल्ल उनि बिउजिए । स्रोतका अनुसार  यसअघि पनि उनी कार्यालय  टिकटक बनाइरहेको  अवस्थामा देखानपरेको भने हैनन्  ।
 
पालिनन्दन गाउँपालिका वडा २  वडा अध्यक्ष जगदीश गुप्ताले  यो विषयमा आसर्य जवाफ दिए उनले भने “उहाले  अघिल्लो दिन छुट्टी लिनु भएको थियो  खेत रोपाइँका लागी घर जानु भात्थ्यो तसैले थकाइ लागेर सुत्नुभयो होला उनले थपे “सेवाग्राही  नभएको  खण्ड  सुत्नु पाइन्छ” ।

यता वडा सचिव  साहानिले भने आफू आखा मात्र बन्द गरेको तर ननिदाएको दाबी  गरे  उनले सेवाग्राही नभएको बेला  लुम्बिनी प्रदेश को बजेट भाषण  आखा  बन्द  गरेर सुनेको बताए । उनले भने “कार्यालय खाली थियो अध्यक्षपनि हुनुहुन्थेन तसैले आखाबन्द गरेर मोबाइलको भासण सुनेको र कति बेला फोटो खिचेको थाहा भएन  ।

सरकारी  कार्यालय  कस्तो  हुन्छ  यो त्  एक प्रतिनिधि घटना मात्र हो सरकारी कार्यालयको  सास्ती  र  कर्मचारीको  लापर्बाहीको  घटना अज धेरै  छन्  ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : ५३ बजे