१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्खेत-दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते





सुर्खेत, । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिको मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटजामा एक जनाको मृत्यु भए पनि उनको पहिचान खुलेको छैन ।

दुर्घटनामा चार जना घाइते छन् । उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : १७ बजे