९ चैत्र २०८०, शुक्रबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पत्नीशोक



भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलाई पत्नीशोक परेको छ ।

 बिजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।

रामेछाप ठोसेमा जन्मिएकी ६२ वर्षीया प्रधान क्यान्सरबाट पीडित थिइन् । नेता बिजुक्छेंसँग प्रधानको २०४० मंसिर ११ गते विवाह भएको थियो । उनीहरुको सुवेग र सुवान गरी दुई छोरा छन् । शिक्षण पेशामा आवद्ध प्रधान नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन् ।

 पहिलोपल्ट क्यान्सरमुक्त भएकी प्रधान क्यान्सर दोहोरिएपछि थलिएकी थिइन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : २७ बजे