१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहमतिमा गोला तान्दा जिसस स्याङ्जाको प्रमुखमा काँग्रेस  र उपप्रमुखमा एमालेको उम्मेदवारी



स्याङ्जा  । सहमतिमा गोला तान्दा जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली काँग्रेसले  उपप्रमुखमा एमालेले उम्मेदवारी दिने भएका छन् ।  

११ स्थानीय पालिका रहेको स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका ११÷११ गरी बराबर मतदाता रहेपछि दुवै राजनीतिक दलले गोला प्रथाद्वारा टुङ्ग्याउने गरी सहमति गरेका थिए । नेपाली काँग्रेस र नेकपा एमालेबीच बसेको बैठकले गोला प्रथाद्वारा प्रमुख र उपप्रमुख टुङ्ग्याउने सहमति बनेको थियो । 

सहमति बमोजिम प्रमुखसहित ४ सदस्य नेपाली काँग्रेसलाई र उपप्रमुखसहित ५ सदस्य नेकपा एमालेलाई चिट्टा परेको छ । 

जिल्ला समन्वय समितिको कार्यालयमा शनिवार नेपाली काँग्रेसका सभापति राजु थापा र नेकपा एमालेका अध्यक्ष सूर्यप्रसाद गैह्रैले गोला तान्दा सो नतिजा आएको हो । 

यसैबीच नेपाली काँग्रेसले  जिसस प्रमुखमा श्रीप्रसाद जिटी र सदस्यहरूमा नेमबहादुर राना, सरस्वती बगाले, गीता खांणलाई अगाडि सारेको छ भने नेकपा एमालेले उपप्रमुखमा खडकराज सुवेदी, सदस्यहरूमा निरमाया पराजुली कार्की, भोजबहादुर दर्लामी, कृष्णप्रसाद सुवेदी र निर्मला नेपालीलाई अगाडि सारेको छ । 

जिससको आइतबार नेपाली काँग्रेस र नेकपा एमालेले आ–आफ्नो चिट्ठामा परेको अनुसार प्रमुख उपप्रमुख तथा सदस्यहरूको उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन । 

सोमबार उम्मेदवारी माथि दाबी विरोध र मङ्गलवार मात्रै जिससको घोषणा हुनेछ । 

जिससमा अध्यक्ष, उपाध्यक्ष, तीन महिला सदस्य, एक दलित वा अल्पसङ्ख्यक, तीन अन्य सदस्य गरी कूल ९ जना रहने व्यवस्था रहेको छ । 

यसअघि २०७४ को निर्वाचनबाट जिससको अध्यक्ष, उपाध्यक्षसहित सबै प्यानलमा नेकपा एमाले विजयी भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २० बजे