१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“चटपट” व्यापारले धानेको जतन मगरको घर  



  

काठमाडौँ  । हरेक दिन भृकुटीमण्डपमा बिहान देखी बेलुकीसम्म चटपट बनाउँदै  जतन कुमारीको दैनिकी बित्छ ।  हरेक दिन करिब बाह्र घण्टासम्म उनको हातले चटपट  र फुल्की  बनाइरहेको  हुन्छ । अफिस, कलेज पुगेका विद्यार्थीदेखि  कामबाट घर फर्कँदै गरेका यात्रुलाई उनी हरेक दिन चटपटको मिठो स्वाद  चखाउँछिन्  । 

विगत ३ वर्षदेखि यो उनको दैनिकी हो। जीवनको ३० औँ वसन्त पार गरेकी जतन श्रीमान् र छोराछोरी सहित काठमाडौँको सोल्टिमोड बस्छिन्। बिहान सबेरै उठेर घरको काम भ्याउँछिन्। खाना खान्छिन् अनि निस्किन्छन् आफ्नो नियमित कर्ममा।

उनको पढ्ने धोको थियो । गरिबी र घरायसी समस्याले विद्यालयको कक्षाकोठा सम्म उनी पुग्न पाइनन्  । आफूले अवसर प्राप्त नगरे पनि सन्तानले आर्थिक अभावले पढाइ नछाडुन् भनेर वर्षौँसम्म ज्यालादारी काम गरिन । ज्यालादारी कामको भारी उनको जीवनमा बोजजस्तै भएको थियो, एकदिन साथी र्निमलाले चटपटे बेच्नका लागी सल्लाह दिइनँ, भृकुटीमण्डपमा महिनाको ३००० हजार तिरेर स्टल पाइने खबर पाइन् , अनि  जतनले चटपट बेचेर घर धान्ने  निधो गरिन ।

“यसअघि मलाई  चटपट कसरी बनाउने भन्ने थाहा थीएँन अहिले म  बनाउँदा बनाउँदा जान्ने भए”  उनले भनिन्  

  

उनले  बनाएको चटपटे निकै मिठो हुने भएकाले उनको पसलमा बिहानैदेखि  चटपटे खानेहरूको भिड हुने गर्दछ । “आन्टीले बनाएको  चटपट खाएन भने त्  क्यापस आउँदा के छुट्यो के छुट्यो हुन्छ”  छेउमा चटपटे खादा गरेकी  मुना खड्लेकाले बताइन । अधिकान्स उनका  ग्राहक क्यापसे विद्यार्थी  रहेको उनी बताउँछिन् । त्यहाँको दृश्यदेख्दा  अचम्म लाग्छ  चिया पसलमा भन्दा बिहान  चटपट पसलमा बढी भिड  देखिन्छ  ।

जतनलाई यो व्यवसायमा उनको श्रीमानको पनि पूर्ण साथ र सहयोग  भएको उनी  बताउँछिन् । एकाबिहानै  उनका  श्रीमान ज्यामि काममा र उनी  चटपट व्यापारमा निस्किन्छन् ।  उनी अहिले बिहान देखि बेलुका सम्म चटपटे बेचेर नै घरपरिवार धानी रहेकी छन् ।

मगरले चटपटे, फुल्की बेचेर अहिले छोरालाई बिजनेस र छोरीलाई कम्प्युटर विज्ञान पढाउँदै छन् । 
“घरको परिस्थितिले मैले पढ्न नपाए पनि छोराछोरीले त्यस्तो बेहोर्न नपरोस् भनेर चटपटे, फुल्कीको  व्यापार गरें,” जतनले सुनाइन “छोरीलाई   इन्जिनियर र छोरालाई सरकारी  कर्मचारी  भएको हेर्ने  इच्छा छ ।” उनका अनुसार सबै छोराछोरीका लागि मासिक  खर्च, कोठा भाडा उनले जुटाउछिन्  । 

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  १ : १९ बजे