१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम आएन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम नआएको बताएका छन्।

ललितपुरमा पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा उनले वामपन्थी आन्दोलनको पहिलो र देशको दोस्रो पार्टी बन्छ भन्ने आंकलन गरेको भएपनि असफल भएको बताए। प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनमा सोचेको जस्तो पार्टीको पक्षमा परिणाम आएन। गठबन्धन र पार्टीको मेहनत अनुसार १७०-१७५ सिट आउँछ भन्ने लागेको थियो।

एमाले पनि १६०-१७० तिर झर्छ भन्ने लागेको थियो। तर, हामी १२२ सिटमा सीमित भयौँ। ’उनले आगामी निर्वाचन आइसकेको हुनाले निर्वाचनको तयारीमा लाग्न निर्देशनसमेत दिए।

उनले भने, ‘अरुले हामीले ल्याएको संघीयता र संविधान उल्टाउन चाहेका छन्। हामीले त्यसको रक्षा गर्न आवश्यक छ। निर्वाचन माओवादीका लागि जीवन र मरणकै लडाइँ हो। त्यसकारण सबै संगठन विस्तारमा लाग्नुपर्छ।’

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  २ : ०३ बजे