७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ किलो हिरोइनसहित ४ जना पक्राउ



काठमाडौं । करिब ५ किलो हिरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना विदेशीसहित ४ जना छन् ।

 पक्राउ पर्नेमा तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अब्बुलिकी, भारत घर भएका ४६ वर्षीय मुनिम सिंह, ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ घर भएका ३० वर्षीय बिक्की रौनियार छन् ।

 तान्जानियन अब्दुल्लाह असार २ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौं आएका हुन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएका प्रहरीले विमानस्थलबाट पिछा गरेर उनलाई बौद्धस्थित एक होटलबाट पक्राउ गरेका हुन् ।

 उनको साथमा ४ किलो ९ सय ग्राम हेरोइन फेला परेको छ । अब्दुल्लाहले ल्याएको हेरोइन लिन आएको अवस्थामा २ भारतीय र एकजना नेपालीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : १९ बजे