१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल फिफा वरीयतामा ८ स्थान तल झर्‍यो



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

नेपाल एक सय ६८ औं स्थानवाट झरेर एक सय ७६ औं स्थानमा पुगेको हो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो नम्बरमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत एक सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स एक सय ५६ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ०० बजे