१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूजा-पाठ गर्दा भक्तको मुख कुन दिशामा हुँदा शुभ हुन्छ ?



काठमाडौँ ।  दैनिक विहान-साँझ नियमित रुपमा घरमा पूजा-पाठ गर्दा घरमा सकारात्मकता प्रवेश गर्दछ । मनको नकारात्मक विचार नष्ट हुने गर्दछ । यसैकारण घरमा मन्दिर बनाउने कुरा पुरातन समयदेखि नै चलिआएको पनि छ ।

ज्योतिषशास्त्रका अनुसार यो कुरा हामीले जान्नैपर्छ कि घरको मन्दिर कुन दिशामा बनाउँदा राम्रो हुन्छ भनेर !

घरमा पूजा गर्ने व्यक्तिको मुख पश्चिम दिशामा हुनु धेरै राम्रो हुन्छ । यसको लागि पूजा स्थलको द्वार पूर्वतर्फ हुनु पर्दछ । यो दिशा बाहेक पूजा गर्दाको समय व्यक्तिको मुख पूर्व दिशामा भए श्रेष्ठ फल प्राप्त हुन सक्दछ ।

घरमा मन्दिर यस्तो स्थानमा बनाउनु होस, जहाँ दिनभरमा कुनै तरिकाले सूर्यको प्रकाश एकपटक अवश्य पुगोस् ।

जुन घरमा सूर्यको प्रकाश र ताजा हावा आइरहन्छ, त्यो घरको कयौँ वास्तु दोष हराएर जान्छ । सूर्यको प्रकाशले वातावरणको नकारात्मक उर्जा हटाउँछ र सकारात्मक उर्जामा बढोत्तरी गर्दछ ।

मन्दिरमा मृतक र पूर्वजको चित्र लगाउनबाट बच्नुहोस् । पूर्वजको चित्र लगाउनको लागि दक्षिण दिशा श्रेष्ठ हुन्छ । घरमा दक्षिण दिशाको ढोकामा मृतकको चित्र लगाउन सकिन्छ तर मन्दिरमा राख्नु हुँदैन ।

पूजा कोठामा पूजासँग सम्बन्धित सामाग्री राख्नु पर्दछ । अरु कुनै चिज राख्नबाट जोगिनुहोस् ।

पूजा कोठा बनाउँदा शौचालय नजिक बनाउनु हुँदैन । यो अशुभ मानिन्छ ।

घरको मन्दिरमा दैनिक विहान र साँझ पूजा गर्नु पर्दछ । पूजापछि घण्टी अवश्य बजाउनुहोला । साथै एकपटक घर घुमेर घण्टी बजाउनु होस । यसो गर्दा घण्टीको आवाजले नकारात्मकता नष्ट हुन्छ भने सकारात्मकता बढ्ने गर्दछ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २९ बजे