२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“इतिहास : राणा शासनको उदय र पतन”




काठमाडौँ । नेपालको राजनीति घटनाक्रमहरू हेर्दा बेला बखतमा विभिन्न चर्चापरिचर्चा हुने गरेको छ । वर्तमान राजनीतिको जग भन्नुनै  विगतका विभिन्न काल खण्डमा भएका राजनीतिक घटनाक्रमहरू हुन । इतिहासको केही गल्तीहरूमा वर्तमान पिढीहरुले राम्रो पाठ सिक्छन् । इतिहासका केही पनाहरुलाई पल्टाएर हेर्दा विगतका केही राजनीतिक घटनाक्रममा आज विश्लेषण गर्दैछौँ । नेपालमा १०४ वर्षसम्म जग बनाएर बसेको राणाशासनको  उदय र पतनका कारणहरूको चर्चा गर्दा । तीनलाई विभिन्न चरणहरूमा देखाउन सकिन्छ ।

नेपालीको अस्थिर राजनीति
पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजा भए तर २ वर्ष ९ महिना शासन गरेपछि उनको मृत्यु भयो र उनका छोरा रणबहादुर शाह तीन वर्षको उमेरमा राजा भए । यसपछि नेपालमा अस्थिर राजनीति सुरु भयो ।

हत्याको शृङ्खला
माथवरसिंह थापाको हत्यापछि फत्तेजङ चौतारीया प्रधानमन्त्री भए तापनि दरबारमा रानी राज्यलक्ष्मीका प्रिय पात्र गगनसिंह प्रभावशाली थिए । वि.सं. १९०३ भदौ ३१ गते राति गगनसिंहको  पनि अचानक हत्या भएपछि त्यसै रात उनको हत्यारा पत्ता लगाउने निहुँमा कोतमा भेला भएका अधिकांश भारदारहरूको पनि हत्या भयो । यसलाई कोतपर्व भनिन्छ ।

तीन पर्वहरू
सर्वप्रथम कोतपर्व भयो । यसबाट जङ्गबहादुर नेपालका प्रधानमन्त्री र प्रधान सेनापति भए । यसपछि वि.सं. १९०३ कात्तिक १७ गते भण्डार खाल पर्व भयो। यस पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्र रानी राज्यलक्ष्मीलाई देशनिकाला गरे । यसपछि भएको अलौँ पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्रलाई राजगद्दी विरुद्ध क्रियाकलाप गरेको दोष लगाई नजरबन्द गरेर सुरेन्द्रलाई राजा घोषित गरे । आफू सर्वशक्तिमान् भई नेपालको शासन चलाए ।

राजपरिवारसँग वैवाहिक सम्बन्ध
जङ्गबहादुर आफूले पनि फत्तेजङ शाहकी बहिनीसँग विवाह गरे । राजा सुरेन्द्रको विवाह आफ्नो भाइ कृष्णबहादुरको छोरीसँग गराए । आफ्नो दुई छोरा जगतजङ्ग र जितजङ्गको  विवाह राजा सुरेन्द्रकी छोरीसँग गराए । पछि गएर उनका दुई छोरीहरूको विवाह पनि युवराज त्रैलोक्यसँग भयो । यस्तो वैवाहिक सम्बन्धले गर्दा उनको सामाजिक प्रतिष्ठा बढ्नुका साथै अझ शक्तिशाली भए ।


वि.सं. १९१३ साउन २४ को लालमोहर
वि.सं. १८५६ राजा सुरेन्द्रले जङ्गबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी दिएपछि जङ्गबहादुरको शक्ति सर्वोच्च स्थानमा पुग्यो र राणाहरुको शासनको जग बस्यो । उनले हत्या, षड्यन्त्र र रक्तपातले क्षीण बनाएको नेपाललाई शक्ति र स्थायित्व प्रदान गरि एकतन्त्रीय शासनको सुरुवान गरे ।


राणाशासन पतनका कारणहरू

पारिवारिक सङ्घर्ष
जङ्गबहादुकै समयमा पनि उनलाई सत्ताच्युत गर्ने धेरै प्रयासहरु भए तर सफल हुन सकेनन् । उनको मृत्युपछि भएको १९३८ साल १९४२ सालका पर्वहरुमा उनका भाइका छाेराहरुले जङ्गबहादुरका सन्तानहरु सबैलाई खतम गरि प्रधानमन्त्रीको नयाँ रोलक्रम तयार गरे जसमा धीरशमशेरका छोराहरु शक्तिशाली भए ।

सी क्लासका राणाहरूको निष्कासन
चन्द्रशमशेरले राणा परिवारमा ए, बी र सीको वर्गीकरण गरि राणा परिवारमा वैमनस्यको अर्को बिज रोपे । जुद्धशमशेरले सी क्लासका राणाहरुलाई प्रधानमन्त्रीको रोलक्रमबाट हटाई देशनिकाला गरे जसले गर्दा सी क्लासका निष्कासित राणाहरु राणाशासन विरोधी भए ।


राणाविरोधी आन्दोलन
जङ्गबहादुरको समयमा राणाहरूको एकतन्त्रीय निरङ्कुश शासनको विरोध नै सुरु भएको थियो । प्रथम विश्वयुद्धपछि असगङ्ठित रुपमा विद्रोहका आवजहरु उठेको थियो तर चन्द्रशमशेरले दबाए । मकै पर्व, आर्य समाज आदिका रुपमा देखिएका विद्रोही आवाज चन्द्रशमशेरले नै दबाएका थिए । वि.सं. १९८७ पछि चर्खाप्रचार अभियान, प्रचण्ड गोरखा, महावीर स्कुल, पुस्तकालय पर्व, प्रजापरिषद, जयतु संस्कृतम् आदि सङ्गठित आन्दोलनको क्रम सुरु भयो ।


राजा त्रिभुवनको गद्दी त्याग र सशस्त्र संर्घष
वि.सं.२००७ कात्तिकमा राजा त्रिभुवनले नारायणहिटी दरबार त्याग गरी भारतमा शरण लिन गएपछि राणा विरोधी आन्दोलन चरम सीमामा पुग्यो र  वि.सं. २००७ सालमा फागुन ७ गते प्रजातन्त्रको घोषणा भएपछि राणाशासन अन्त भयो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ११ : ५१ बजे