५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षाका कारण नेपाल एसिया कपमा छनोट हुन असफल



काठमाडौं : नेपाल एसीसी महिला टी २० च्याम्पियनसिप क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ ।

 नेपाल वर्षाको कारण च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको हो । नेपाल र यूएईबीचको खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्द भएसँगै यूएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।नेपाल समूह ‘बी’को उपविजेता र यूएई समूह ‘ए’को विजेता हो । आईसीसीको नियम अनुसार नेपाल बाहिरिएको हो । मलेसियामा जारी प्रसितयोगिता अन्तर्ग शुक्रबारको खेलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १९.५ ओभरमा अलआउट हुँदै ८१ रन बनाएको थियो । नेपालका लागि अस्मिना कर्माचार्यल ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सिता रानामगरले २ विकेट लिइन् । यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा ओपनर इशा रोहितले १५ रन जोड्न सफल भइन् ।

८२ रनको जवाफी लक्ष्य पछ्याएर ब्याटिङ गर्न मैदानमा उत्रने तयारीमा नेपाल रहेपनि वर्षाका कारण खेल हुन नसकेपछि नेपाल बाहिरिनु परेको हो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : १३ बजे