७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटको संघारमा नेकपा एकीकृत समाजवादी



काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका चार मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै पत्र बुझाएका छन् ।

एक जना सांसदले नाम नखुलाउने सर्तमा ग्लोबल टेलिभिजन संग कुराकानि गर्दै भनिन् “अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाइएको पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाउनु भएको हो ।” सोही पत्रमा सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।

उनीहरूले सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको आरोप पनि लगाएका छन् । बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने पनि अध्यक्ष नेपाललाई बुझाइएको पत्रमा भनिएको छ । २२ जेठमा एकीकृत समाजवादीको सचिवालय बैठकले स् मन्त्रीका लागि नयाँ नाममा भवानी खापुङ, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीको नाम सिफारिस गरेको थियो ।

नयाँ मन्त्रीको रुपमा गरिएको सिफारिस पनि असन्तुलित र असमावेशी भएको उनीहरुको भनाइ छ । उनीहरुले मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन माग पनि गरेका छन् ।।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ४० बजे