१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे २ महिनापछि अमृताको अन्त्येष्टि हुँदै



 बुटवल ।  शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ ।

घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थियो । मृतकका दाजु पुष्प खड्काले माइती पक्षले राखेका माग पूरा गर्न घर पक्ष सहमत भएकाले शुक्रबार अन्त्येष्टी गर्न लागिएको बताए ।

अमृताको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिंदै सडक आन्दोलन गरेको थियो । अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ५८ बजे