६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुरुक्षेत्रमा गबारो र फौजी कीरा आतंक  



गुल्मी ।  रुरुक्षेत्र गाउँपालिका ३ फल्लेखर्कका कृष्ण राज ज्ञवाली  भन्दै थीए  “लौन मिडिया चुप लाग्न भएन यो कुरा सम्बन्धित निकायलाई सुनाई दिन पर्यो बारीको मकै त लपक्कै गबारो खायो”।

पोहोर पनि यस्तै भयो, अहिले पनि त्यस्तै छ, राज्यले हाम्रो कुरा सुनेन मिडिया मार्फत सुन्छकि भनेर उनले मिडियाको सायता खोज्य । ज्ञवाली जस्ता धेरै किसानले यतिबेला गबारो नियन्त्रण का लागि राज्य सँग गुहार मागी रहेका छन । यसैगरी रुरुक्षेत्र गाउँपालिका वडा न ३ कै विष्णु ज्ञवालीको मन पनि बारीका  मकैको अवस्थाले पोलेको  छ ।

हुनपनि गएको वर्ष यसै गरि कतै फौजी किराले, त कतै गवारोले मकैमा आक्रमण गरेपछि यो क्षेत्रका किसानहरूको मकै पचास प्रतिशत मात्र फल्यो र यो वर्ष पनि मकैमा गबारो लागेर बिछट्टै छ । रुरुक्षेत्र १ का दिनानाथ ज्ञवालीले मकैको फेद चापेर गवारो मार्ने तयारी गर्दै थीए तर यसरी के साध्य लाग्छ र ? खोइ कहाँ भन्ने कसले सुन्छ र किसानका पीडा ज्ञवालीको गुनासो गरे  ।


यसैगरी   गबारो लागेपछि पोहोर साल च्यूरेकि किसानहरूले निजी खर्चमा औषधी मगाएर मकैमा छरेका हुन ।
जिल्लाका स्थानीय तहमा कृषि क्षेत्र हेर्ने महाशाखा छ तर किसान समस्यामा परेको बेला ती निकाएकाे  सक्रियता तेती  देखिदैन ।

स्थानीय तहमा  कृषकका लागि मल बीउ विषादीका लागि भनेर वर्षेनी बिनियोजित बजेट यसरी पीडामा परेका किसानका खेत बारीमा पुग्छ कि बर्सेनि फ्रिज हुन्छ किसानलाई थाहा हुँदैन ।

किसान चिच्याइ रहन्छन् राज्यका निकायहरूले कान थुनेर नसुनेझैँ गर्छन यता पहुँचहुनेहरू कहाँ पुग्छन् ।
यो वर्ष फेरी मकैमा गवारो लागेपछि रुरुक्षेत्र का किसानहरूले सहयोगको  गुहार माग्दैछन् हेर्न बाँकी छ राज्यका निकाय र स्थानीय तह कति जिम्मेवार बन्छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ३६ बजे