१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता सम्बन्धी कानून चाँडो पास हुनुपर्दछ : अध्यक्ष यादव



जनकपुरधाम  । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्ध नागरिकता लिएकाहरूको सन्तानलाई चाँडो नागरिकता कानून संसद्बाट पास गरेर दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । 

जसपाका अध्यक्ष यादवले जसपा लोकतान्त्रिकसँग आज जनकपुरधाममा भएको पार्टी एकीकरण कार्यक्रममा बोल्नुहुँदै नागरिकता पाउनबाट वञ्चित भएका १० लाख मतदाताहरूले स्थानीय तहको चुनावमा मतदान गर्नबाट वञ्चित भएको बताउनुभयो । 

उहाँले शीघ्र नागरिकता प्रदान गरेर प्रदेश तथा सङ्घीय संसद् अगाडी नै सबैको नाम मतदाता नामावलीमा समावेश हुनुपर्ने माग गर्नुभयो । 

उहाँले भर्खरै सम्पन्न भएको जनगणनामा मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेको बताउँदै अहिलेको निर्वाचन क्षेत्रमा सुधार गरेर जनसङ्ख्याका आधारमा तोकिनुपर्ने धारणा राख्नुभयो । 

उहाँले अहिले पनि सरकारी सेवामा विभेद कायमै रहेको बताउँदै मधेसी, आदिवासी तथा जनजातिको उचित प्रतिनिधित्व हुन नसकेको बताउँदै सहभागिता बढाउने नीति बनाउनका लागि सुझाव दिनुभयो । 

अध्यक्ष यादवले समानुपातिक निर्वाचन प्रणाली सामाजिक न्यायका लागि आएको भए पनि सो अनुसार व्यवहारमा कार्यान्वयन नभएको बताउँदै पार्टीले नै मत पाउने गरी पूर्ण निर्वाचन प्रणाली आवश्यक भएको बताउनुभयो । 

मधेस प्रदेशका मुख्यमन्त्री एवं पार्टीका नेता लालबाबु राउतले समान विचार र सिद्धान्त भएका पार्टीहरूका बीचमा एकता जारी रहने बताउँदै प्रदेश सरकारसँग भएको अधिकार अनुसार काम गरेको बताउनुभयो । 

जसपा लोकतान्त्रिकका अध्यक्ष रितेश सिंह नेतृत्वमा रहेको पार्टी औपचारिक रुपमा जनता समाजवादी पार्टी नेपालमा आजदेखि समाहित भएको हो । 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २८ बजे