१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नवलपरासीमा  मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ



पश्चिम नवलपरासी ।  पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जना साहुलाई पक्राउ गरेको छ । जिल्लाका मिटर ब्याजपीडितहरु काठमाडौंमा गएर मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीले प्रतापपुरका दुई जना मिटर ब्याजी साहुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका बेलाटारीका ४५ वर्षीय सुनिल बानियाँ र ५० वर्षीय जगदीश बानियाँ रहेको जिल्ला प्रहरी कार्यालयले  पश्चिम नवलपरासीले जनाएको छ l

बिहीबार साँझ उनीहरुकै गाउँबाट नियन्त्रणमा लिएर प्रहरीले यस विषयमा थप अनुसन्धानका गरिरहेको बताएको छ । ऋणी र मिटर ब्याजमा लगाउने पक्षबीच वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढ्नेछ । ’

पक्राउ परेका दुई जना साहुले केही दिन अगाडि परासीमा पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारलाई राजस्व तिरेर मालपोत कार्यालयबाट दुष्टि बन्धक गरेर सरकारी दरमा नै ऋण दिएको दाबी गरेका थिए । उनीहरुले वर्षौंदेखि ब्याज पनि नदिएको र अहिले ऋणी आफै आन्दोलनमा उत्रीएको आरोप लगाएका थिए । जिल्लामा मिटर ब्याज लगाउनेको संख्या निकै धेरै भए पनि पीडितहरु खुलेर नआउँदा पहिचानमा समस्या पर्दै आएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ४८ बजे