१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कथा : बिछोडपछिको भेट




डिसेम्बर सकिएर समयले जनवरीको आगमनलाई पर्खिरहेको थियो । मौसम अलि जाडोजाडो जस्तो भइरहेको थियो । आकाश रहिरहेको थियो । अन्दाज थिएन मन भित्रको हर्षहरुको किनकिन मन आज यसैयसै रमाइरहेको थियो । घरको कोठाबाट  आकाशले धर्तीलाई भेट्न आएका पानीको थोपाहरू तपतप खसिरहेको आवाजले मन्त्रमुक्त बनाई रहेको थियो । मनमा आनन्दको तरङ्गहरू सर्कुलेट भइरहेको थियो । मौसम पनि अत्तिनै चिसोचिसो । क्यालिफोर्निया शहरमा डिसेम्बर सकिएर जनवरीको आगमनलाई पर्खिरहेको थियो तर मेरो मन भने फिलिङ नोस्टानजीक भएर हराईरहेको थियो ।

कतै आफ्नौं  मन पनि आफईभित्र  बदनाम भइरहेको जस्तो अनुभव भएको थियो । सायद मननै त्यो चिज हो जुन हरेक समय बेसुरको शुर र तालमा नाँचिरहेको हुन्छ । डिसेम्बर र जनवरीको महिना सारै जाडो ओछ्‌यान छाड्न त मननै नलाग्ने । बाहिरी वातावरण पूर्ण रुपमा शून्यतामै हराई रहेको थियो । अनि त्यही वातावरणमा म पनि सँगै हराइरहेको थिए । हिजो राती अबेर सुतेकोले होला आँखा खुले पनि । ओछ्रयान छाड्न मनले मानिरहेको नै थिएन । प्रायः फेसबुक र सोसल मिडिया साइटबाट पर बस्ने म । एक महिनापछि  फेसबुक लगइन गर्दै थिए । फेसबुक खोलेको मात्र के थिए । फेसबुको नोटिफिकेसन बारमा हन्डरेट प्लस नोटिफिकेसन आएको थियो । दर्जानौं भन्दा बढी फ्रेण्ड रिक्वेस्ट आएको थियो । खासै फ्रेण्ड रिक्वेस्ट  एक्सेपट गर्ने बानी थिएन । तर त्यो दिन किनकिन एउटा नामले सारै जिस्काई रहेको थियो । फेसबुकले उसको फ्रेण्ड रिक्वेस्टलाई सबैभन्दा टपमा लेराए छाडिदिएको थियो । त्यसैले त होला मेरा ध्यान गएको  नत्र केको वास्ता ।

दर्जनौं भन्दा बढी फ्रेण्ड रिक्वेस्ट पेन्डिङ थिए । सायद भाग्यले कैफियतामा लेखिदिएको हुनुपर्छ वा समयको चक्रलाई नै यो मञ्जुर थियो कि ? निस्पट मन किन हरेक समय बेप्रभावासँग नाँचिरहेको छ । सुन्दर मनको जमिनमा यादहरुको संरचनामा उसको नाममा मान्सपटले बनाएको पिरतीको घरनै  प्यारो महसुश हुन थालेको थियो । विचार र विवेकको युद्दमा प्रायः विचारले घोडा टेकि दिन्छ । समयले समयको बाढिमा लतारेर लगेपछि र्निदोष सपनाहरुको संरचनाले हरेक समय अधुरो यादका विम्बहरु बनाएर गइरहेका हुन्छन् । जिन्दगीका गोरेटाहरुमा उत्तारचडाबका संरचनाहरु आए होला कति तर त्यसको प्रभा विना नै हिँडिरेको  मलाई समय चक्रले अनेकअनेक मान्छेहरुको रुपसँग परिचय गराई दिएको थियो । तर यो पटक भने अलि फरक तवरले ठोकिन पुगेको थिए । सायद यो नै जिन्दगीका यात्रामा कोरिएका काया सन्दर्भ थियो कि ? अफसोच ! कतै नौलो कथाको घुमाउँरो  शुरुवातको शुरु थियो कि ? सायद अक्षरहरु जब बुनिन्छन् तब शब्दहरुको आयतनमा तन्किन्छन् । अक्सर भाग्यले लेखाएका कुराभन्दा समयले देखाएका कुराहरुको असर ज्यादा हुने रहेछ । डिसेम्बर सकिएर जनवरीले बजारलाई तताँउदै थियो । यदि ठूलो यूनाइटेट स्टेट अमेरिकामा म मात्रै एक्लो छुकि भने भान भइरहेको थियो । कहिलेकाँही भ्रम पनि यर्थात जस्तै लाग्ने उफ…..कति कमजारे रहेछ, मन  थाहानै नपाई बेप्रभावाह हराई रह¥यो क्यालिफोर्नियाको समुन्द्र तट सँगै । 

डिसेम्बर २५ लगभग एक-डेढ महिना पछि फेसबुक खोले । नोटिफिकेशनले फेसबुलाई साइलेन्ट डसबिन बनाईरहेको थियो । फोहोरहरु भित्र पनि त मोहोर हुन्छ भन्थे । साँच्चै होकि भने भान भइरहेको  थियो । अचानक नोटिफिकेशन बारको टपमानै प्रनिता पाठक सेन्ड फ्रेण्ड रिक्वेस्ट थ्री विक अगो ९एचबलष्तब एबतजबप क्भलत ँचष्भलम चभत्रगभकत तजचभभ धभभप बनय० देखाईरहेको थियो । प्रयाः कसैको फ्रेण्ड रिक्वेस्ट एक्सेपट नगर्ने मलाई किनकिन त्यो फ्रेण्ड रिक्वेस्टले चुम्बकले फलामलाई खिचेको जसरी खिचिरहेको थियो । सायद फस्ट इम्प्रेशन इएज द मस्ट इम्प्रोटेन्ट बेटर दयान लास्ट इम्प्रेशन भनेको यहि हो कि ? बन्दा कोठा बाहिरको झरीले कोठा भित्रको वातावरणलाई पनि शून्यता तर्फ लगिरहेको थियो । सायद शून्यताको नाशामा रम्ने बानी लाग्नेहरुको लागि शून्यता नै कहिलेकाँही भारी पर्ने रहेछ । 


जबरजस्ती मौसम र बाहिरी वातावरणले मलाई उसैको आवरणमा ढल्न लगायो । अल्छि लागिलागि ओछ्यानबाट उठे तर मन फेसबुकमा प्रनिता पाठक नाम गरेको यूजरको फ्रेण्ड रिक्वेस्ट गइरहेको थियो । “हरेक क्रिया बराबर विपरीत प्रतिक्रिया” न्यूटनको चाल सम्बन्धी तेस्रो नियम मान्सपटलको लुप ह्वालबाट आसपाश भइरहेको थियो । तर मन शून्यतामा रमनै चाहिरहेको थियो ।  चुम्बकको अगाडि फलामको शक्ति प्रायः निर्याह हुने गर्छ । 


मनमा शंकोचित तरङगहरुलाई पैदा गराएर मैले उसको फ्रेण्ड रिक्वेस्ट एक्सेपट गरे । केही समयको लागि फेसबुकबाट गुननाम भई दिए । एक हप्ताको दौडानमा  कताकता हराएर मन अर्को दुँनियामा नाँचिरहेको थियो । सोसल मिडियामा सोसल नभएको मलाई कोही सोसल बनाउन लागि रहेको थिईन । एक हप्ता देखि पेन्डिङ९उभलमष्लन० म्यासेज र नोटिफिकेशनले फेसबुकको मैदानमा आफैंभित्र हराई रहेको थियो । किनकि मन पूरै डाइभष्ट्र भइरहेको थियो । क्यालिफोर्नियाको यति घना बस्ती भित्र म एक्लो भइरहेको थिए । न त मनमा भएको खुसीहरु किन शंकोचित भइरहेको छ भनेर भन सक्ने अवस्थामा थिए । प्रनिता पाठक उसको फ्रेण्ड रिक्वेस्टले त हो । मलाई फेसबुकले तानेर लागेको  तर किनकिन मन सारै डराई रहेको थियो । 
म्यासेनजरका भित्राहरुमा छरपस्ट आएका उसको म्यासेजको तलाउमा म हराउँदै गइरहेको थिए । सायद  मनले कतै आइ एम फलिङ लभ विथ प्रनिता भनिरहेको जस्तो भान भइरहेको थियो तर यदि सजिलै काँहा उसलाई आफ्नो मनको जिम्मा लगाई दिन सक्थे र ! 


हेलो ! सन्चै होईसिन्छ हजुर !
जब उसको यही म्यासेजलाई सिन गरेर एकछिन अकमक्क भए । के बोल्ने के नबोल्ने म आफैं भित्र हराई रहे तर डराएको र शंङकोचित मन बनाएर । “हजुर ! सन्चै अनि हजुर नी !” किनकिन डरको नशा चढिरहेको थियो । कतै म पनि……। अफसोच लाग्यो काहाँ छ मेरो भाग्य यी सबै कुराहरुमा हराउने । 
अफिसबाट तीन दिनको छुट्टिलिएर नर्थेन प्यासेफिक कोस्टामा भ्याकेसन बनाउन जाने योजना बनाउँदै थिए । 
म्यासेनजरको घण्टी बज्छ टुङटुङ । उ उताबाट “ठिकै छ मेरो पनि । अनि ! हजुरको नाम चाँहि के हो नि ?
मैंले एताबाट जवाफमा “उम…! मेरो रियल नेम भन्नु भएको हजुरले । 
उताबाट प्रनिताः–“उम..! हजुरको रियल नेम ।”
एताबाट मः–“सम्भयग उप्रेती अनि हजुरको नी !”
कुराकानीको आयतनलाई अलिक बढाउने बहानामा अलि कति शब्दहरुमा औपचारिकताले भरीएका शब्दहरु सँगै उसलाई म्यासेज ठेलि दिए । किनकिन उ सँग कुरा गर्दा मन कताकता रमाइरहेको थियो । सायद लभ इन फस्ट साइटको मिनिङ यहि हो कि ! “हजुर कता बस्नु हुन्छ ।”

उताबाट कुनै शंकोच र आनाकानी विना नै कति सजिलै उनले म्यासेजको रिप्पलाई दिंदै गईन् । क्यालिफोर्नियाको आकाशबाट नयाँ वर्षको नशा निक्लदै गएको थियो तर फ्रेबवरी महिना जतिजति नजिक आइरहेको थियो । उत्तिनै मन शंकोतिच भइरहेको थियो । प्रयाजसो हरेक दिन जस्तो हामी म्यासेनजरको साहारमा नजिक हुँदै गइरहेका थियौं । उनी छाउनीको विरेन्द्र आर्मी हस्पिटलमा कार्यरत नर्स थिईन । हामी बीच दैनिक संवादहरु तन्किदै गयो । एकदिन मैले उसलाई ठ्टाठ्टामा नै भनिदिए आइ लभ यू प्रनिता । पहिले त उसले यसमा कुनै प्रतिक्रिया जनाईन् । पछि मैलेनैं अलि कर गरेपछि भने उनले आइ एम अलसो लभ विथ यू सम्भयग भनिन । त्यसपछि दिनहरु सुखद बितिरहेको थियो । प्रायः समय निकालेर हामी म्यासेनजरमा कुराकानीको आयतनलाई बढाउँदै गइरहेका थियौं । विना कुनै स्वार्थ नै हामी घण्टौं घण्टा सम्म म्यासेनजरमा हराउन थालि रहेका थियौं । 
आँखाको छल मात्रै त प्रेम होइन होला नी ? सायद अप्रिलको पहिलो हप्ता ताका हुनुपर्छ । उ सँग बिस्तारै कुराहरु कम हुँदै जान थालेको थियो । मलाई कताकता मनमा यस्तो लाग्दै थियो । कतै उसले धोका दिँदै थिईन कि भने भान भइरहेको थियो । यदि ठूलो गोलार्धभित्र म क्यालिफोर्नियको एउटा अपार्टमेन्टको कोठामा हराउँदै गईरहेको थिए । 


जतिजति नेपाल आउँने दिन नजिकिदैं गइरहेको थियो । उसको याद पनि उत्तिउत्तिनै बढ्दै गइरहेको थियो । लाग्यो कति सस्ता भएछ कुनै स्वार्थ विनानै गरेका ती कुराकानी कति मूल्यहिन भएछ सँगै देखेका सपनाहरु । लाग्यो यो इन्टरनेटको दुँनिया हो । यहाँ सत्य झुट अनि झुट सत्य भएर प्रमाणीत भई दिन्छ । उनी पनि त आखिर मलाई परीक्षा गर्न आएकी एउटी परीक्षार्थी नै साबित हुँदै गएको भान भइरहेका थियो तर मन अझै मान्न तयार थिएन । 


पहिला खासै सोसल मिडियमा साइट नचलाउने म आजभोलि भने सोसल मिडियामा अलि धेरै झुमिने भएको थिए तर केही हप्ता देखि त्यो पनि बन्द गरिदिएको थिए । उसले म सँग सम्र्पक घटाउन खोज्नु कारण नथाहा पाएरै त हो । यहाँ रातहरु अनिधो निदाएरनै बितेका थिए । चुकचुक लागि रह¥यो । यस्तै हो जिन्दगी भनेर काम र पढाईमा फोकस हुन तिर लागे तर उसँग विना कारण घण्टौं गरेका कुराकानीहरुले प्रतिबारको काम गरिरहेको थियो । 


क्यालिफोर्नियाको घुम्टोभित्र मन किनकिन बरालिरहेको छ । आइतबारको दिन थियो । युनिर्भसिटि र काम दुवै बिदा थियो । क्यालिफोर्नियाको चोकहरु पनि मलाई साँगुरो लाग्दै जान थालेको थियो । आफ्नो अपार्टमेन्टबाट निकलिएर म सरासर एभिन्यू क्याफेतर्फ लागे । एक कप कफि मगाएर पिए तर कफिको प्यास सँगैसँगै उसको म्यासेजको प्यास पनि बढ्दै गइरहेको थियो । यसरी उनी सम्र्पकविहीन भएको देख्दा लाग्यो । मेरो मन कति बदमास रहेछ एकपटकमा नै उसलाई दिएर भूल गरे । सेप्टेबर तेस्रो हप्ता लगभग तीन महिनापछि फेसबुक पूनः लगइन गरे । सायद केही कुरा भाग्यले नै गराउँछन् होला । फेसबुक खोलेको मात्र के थिए । फेसबुकका अनेक नोटिफिकेशनहरुले मनलाई चन्चल बनाई रहेको थियो । प्रनिता जो सम्पर्कबिहीन थिईन । उसलाई अनलाइमा देखि हाले । इनभिजिबल मन न हो मायाका झोकाहरुमा बगि हाल्यो । ठेलि दिए उसका नाममा केही थान शब्दहरुको म्यासेज “हलो ! के छ हजुरको खबर कता हराउँनु भएको” जतिजति म्यासेज टाइप गर्दै गए उतिउतिनै हातका औंलाहरु काप्दै जान थाले । जबरजस्ती धड्कनलाई हिम्मतले बाधेर सेन्ड अप्सन थिचि दिए । म्यासेज सेन्ड भएको केही बेरमा नै उताबाट रिप्पलाई घण्टी बज्छ । “हजुर ठिकै छु अनी हजुरलाई कस्तो छ । हराएको होईन हो म अलि कति बिजि थिए ।” कताकता उसको म्यासेजमा दिक्दारी आजित भएको भाव आइरहेको थियो । म सँग बोल्दा बोल्दै कतै ऊ आजित भएको भान मलाई भइरहेको थियो । ऊ म सँग बोल्दा बाल्दै धेरै खाएपछि चिनी पनि तितो हुन्छ भने भान झल्काउँदै थिईन । उसलाई म नेपाल आउँदै छु भने म्यासेज पठाएर पूनः आफैं फेसबुकबाट गुमनाम भई दिए । भागि दिए क्षितिज पारीको आफ्नो संसारमा हराई दिए आफैं भित्रको म मा, हराई दिए उसलाई आफ्नो भन्न नपाएको तात्तो रापमा, हराई दिए क्यालिफोर्नियाको समुन्द्रको गहिराइमा, हराई दिए सुन्दर उसको यादहरूको पर्खालमा, हराए आफ्नो मनको पर्खालमा मन सँगै म । 


डिसेम्बर दश तारिक बिहानाको १०-१० मिनेट जांदा क्यालिफोर्नियाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी पूनः म्यासेज पठाई दिए “म नेपाल आउँदै छु” केही हप्ता अगाडि पठाएको म्यासेजमा “उम..” बाहेक अरु कुनै प्रतिक्रिया थिएन् । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच घण्टाको यात्रापछि थाइल्याण्ड आइपुगे । त्यहाँको केहीको विश्रराममा पूनः फेसबुक खोलेर हेरे यो पटक रिप्पलाईमा मैंले कल्पना गर्न नसक्ने म्यासेज भेटे । “सम्भयग तिमीसँग भेटेर केही कुरा गर्नुछ एकपटक नेपाल आएपछि मलाई म्यासेज गर्नु” किनकिन मन आफ्नो गतिमा नाँचिरहको थियो । फेरी मन एकपटक बेसुरको स्वर तालमा नाँच्दै थियो । मैंले पनि कुनै आनाकानी विनानै नाँच्न दिए । कुनै रोकतोक विना । म्यासेजको रिप्पलाई दिँदै “हस हुन्छ भनि दिए” खाई किनकिन थाइल्याण्डबाट अघिको यात्रामा मन सारै रमाई रह¥यो । मैले पनि रोकिन यसलाई रमाउननै दिएर । थाइल्याण्डबाट तीन घण्टाको उडानपछि राती ११-५६ मिनेट जांदा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा प्लेन ल्याड भयो । पूनः फेसबुक खोलेर उसलाई म नेपाल आई पुगेको म्यासेज छाडिदिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट टेक्सी चढेर म सरासर होटल तर्फ लागे । होटलमा गएर फ्रेस भएर बेडमा पल्टिएर मोबाइल चलाउँदै थिए । अचानक म्यासेनजरको घण्टी बज्यौं । उही प्रनिताको म्यासेज थियो । “ए ! आयौं भोलि तिम्रो फुर्सद छ भने बौद्दको मङ्कि क्याफेमा भेटौंन हई ।”
मैंले एताबाट “हस ! हुन्छ कुन टाईममा” भनेर म्यासेज पठाए । 


उसले उताबाट “दिउँसो तीन बजे ।”
म एताबाट “हस हुन्छ तर कसरी थाहा पाउने मैले”
उसले नै तिम्रो नम्बर देउ म तिमीलाई कल गर्छु नि हई भनिन् । 
आजको रात सारै छटपटि र साँगुरो हुनेछ तर प्रतिक्षा भोलिको एउटा नौंलो बिहानीको गर्नु थियो । रातभरी कोल्टे फेरेरै बित्यो जबरजस्ती बिहानीपख निदाउन पुगे । एकैपटक दश बजे तिर उठे । फ्रेस भएर पशुपतिनाथ मन्दिरतर्फ लागे । पशुपतिनाथमा केही समयको बसाईपछि फेरि होटल तर्फ लागे । दिउँसो एक बजेको थियो । सिधै टाक्सी लिएर म बौद्धको मङ्र्कि ९ःयलपभथ० क्याफे तिर लागे । ढिला हुने डरले मन डराई रहेको थियो । किनकिन म सारै डराई रहेका थिए । म मनकिई क्याफे पुगेको पाँच मिनेटपछि अन्नोन नम्बरबाट फोन आउँछ । कुनै आनाकानी बिना फोन उठाउँछु । 
उताबाट “हलो !”
एताबाट म “हलो !”
उताबाट “हजुर सम्भयग जी बोल्नु भाको हो !”
एताबाट म “हजुर ! हो म सम्भयग अनि हजुर नी ?”
उताबाट“म प्रनिता ! हजुर पुग्नु भाको हो र ?”
एताबाट म “उम ! पुगि सके अनि हजुर !”
उताबाट “हजुर काहाँ हुनुहुन्छ ?”
एताबाट म “म लास्ट टेबलमा बसीराको छु ।”
उताबाट “ए ! ए ! हस मैले चिने”
सरासर म भएतिर एउटा युवतीको पाइलाहरु अगाडि बढिरहेको थियो । सोचे उनै प्रनिता हो । मनले पनि त्यही भन्दै थियो । उनले अगाडि हात बढाउँदै म प्रनिता उनी हजुर सम्भयग जि नि हई । म मुसुक्क हासि मात्र दिए । एकछिनको फरमर्ल कुराकानीपछि नै थाहा भयो । उनी फोटोमा जति राम्री थिईन । उत्तिनै उनी फरासिलो स्वाभावकि मान्छे रहिछिन् भने थाहा पाए । उनले यत्तिकैमा भनिन् म जे भन्छु हजुर त्यसलाई कसरी लिनु हुन्छ  भने चिन्ता लागि रहेको थियो । एकपटक भेटेर कुरा गर्ने मनासाय बनाएर आएकी । यत्तिकैमा कफि आई सकेको थियो । उनले कफिको कपलाई ओठमा  लगाउँदै । सम्भयग ! “तिमी प्रेमलाई मैले सरी भन्नुपर्छ । तिमी त्यत्ति नराम्रो होईनौं । तिमीलाई मैंले धोका पनि दिएको होईन् । मैले केही समय लगाएर साचे तिमी प्रति मेरो प्रेम होईन छिन भर्को आर्कषण रहेछ । भन्ने बुझे । तिम्रो म्यासेज नआउँदा मलाई कहिले महसुस भएन कि तिमी के गर्दै छौं अनि कुन हालतमा छौं । यो सम्बन्धको चाहा नै मैले अन्त्य गरे हामी मित्रताको अर्को सम्बन्ध अगाडि बढाउन हई । सम्भयग !” 


उसको कुराहरुमा म एकोहोरो भएर सुनिरहे भित्रभित्रै रोएकराए छटपटिए तर किनकिन उसको कुरामा चित्त दुखाउने ठाउँ भेट्नि । मैंले पनि महसुस गरे । केटा र केटी साथी हुन्छ नी खालि प्रेम र प्रेमीका हुन मात्र हो र ? यो त सरासर स्वार्थ हो नि होइन र ? मनकिई क्याफे एक भेटले जीवनमा प्रलय लिएर आयो । हामी अहिले पनि प्राय बेलाबेलामा कुराकानी गर्छौं । एउटा असल मित्रको रुपमा ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ५९ बजे