१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवलको  बजेट ९६ करोड, ३९ लाख: प्राथमिकतामा महिला क्षेत्र, कृषि, स्वास्थ्य र पुर्वाधार



सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक बर्ष २०७९।८०  पूर्वाधार, कृषि स्वास्थ्य शिक्षा र महिलाहरूको क्षेत्रलाई विशेष प्राथमिकता राखेको छ । सामाजिक सुरक्षा, सुशासन न्याय विकास र समानता समृद्ध नगर सुखी नगरबासी हाम्रो प्रतिबद्धता मूल नाराका साथ नगरपालिकाले एघारौँ नगरसभामा  नगरपालिकाले सम्पन्न गरेको हो । पूर्वाधार, कृषि स्वास्थ्य शिक्षा र महिलाहरूको क्षेत्रलाई विशेष प्राथमिकता राखेर बजेट बिनियोजन गरिएको नगरप्रमुख विमला अर्यालले जानकारी दिईन् ।

नगरको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अर्यालले सामाजिक विकास तर्फ नगर भित्रका महिलाहरूको सर्वाङ्गीण विकासका लागि नगर प्रमुख महिला उत्थान कार्यक्रम, तथा महिला तथा बालबासलकासंग मेयर कार्यक्रम संचालन गर्ने नगरलाई ५ वर्ष भित्रमा पूर्ण रूपमा महिला हिंसामुक्त नगर घोषणा गरिने, हिंसापीडित  महिलाहरूलाई संरक्षणका लागि सेप हाउस निर्माण, बालमैत्रि अभिलेखालय, वडामा समस्याग्रस्त महिला उद्धार तथा संरक्षण  र परामर्श कार्यक्रम संचालन, गर्ने बताईन् ।

उनले वडा तहमा महिला सेल गठन, विपन्न विद्यार्थीको उच्च शिक्षाका लागी नगर प्रमुख छात्रवृत्ति कोष स्थापना , गरिबसँग उपमेयर कार्यक्रम, बडेरा, कीर्तिपुर, बनाहा, हर्दिया र सिरानटोलमा नगर स्तरका खेल मैदान तयार गरिने र कम्तीमा २ वटा नगरस्तरीय कवर्डहल निर्माण कार्य अघि बढाईने निती तथा कार्यक्रममा उल्लेख गरेकी छिन  ।

वडामा ध्यान केन्द्र संचालन, नगरमै डायलायसिस सेवा केन्द्र स्थापना, आगामी ५ वर्ष भित्र पुर्ण पोषणको सुनिश्चितता गरी सुनवललाई पोषणमैत्री नगरपालिका घोषणा गरिने, आगामी आव देखी ५ हजारलिटर सम्म खानेपानी प्रयोग गर्ने उपभोक्ताको पानी महसुल छुट गर्ने व्यवस्था र विपन्न वर्गका नागरिकहरूलाई निःशुल्क धारा जडानको व्यवस्था, सुनवललाई ग्रिन सिटिको रूपमा विकास गर्न ग्रिन सुनवल क्लीन सुनवल कार्यक्रम संचालन तथा आगामी ४ वर्ष भित्र  वातावरणमैत्री नगर निर्माण, वडा न. ४ मा दीर्घकालीन बहुउद्देश्यीय ल्यान्डफिल साईट निर्माण कार्य प्रारम्भ गरिने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै आर्थिक विकासतर्फ रोजगारी प्रवर्धनका लागि नगरमा एक स्वरोजगार कोषको स्थापना, लघु उद्यम र उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम संचालन, एक व्यक्ति एक तालिम एक व्यवसायको नीति अवलम्बन गरिने छ । नगर भित्र चाडपर्वमा हुने फुलको आयातलाई न्यूनीकरण गर्दै फुलमा आत्मनिर्भर बनाउने, महल पोखरी होमस्टेमा २ वटा नमुना होमस्टेको विकास तथा संचालन, विभिन्न पर्यटकीय, ऐतिहासिक, पुरातात्त्विक स्थलको संरक्षण र संवर्द्धन र पुनः निर्माण गरिने लगायत उल्लेख छ ।

यस्तै पुर्वाधार क्षेत्रतर्फ नगर चक्र पथ निर्माण, नगरका महत्त्वपूर्ण स्थानहरू फ्री बाइफाई जोन बनाउने, योजना बैँक, दुर्घटना र अव्यवस्थित  सवारी पार्किङ्गलाई  व्यवस्थित र जनमैत्रि बनाउन नगरपालिका क्षेत्रभित्रका बजार तथा चोक चौराहामा सवारी पार्किङ्ग स्थलको व्यवस्था लगायतका रहेका छन् ।

यस्तै राजस्व प्रशासन तर्फ स्थानीय आय स्रोत वृद्धिका लागि नदीजन्य बस्तु उत्खनन्, निकासी र बिक्री वितरणका लागि अध्ययन अनुसन्धानमा आधारित वैज्ञानिक विधि अवलम्बन गरिने, नदिजन्य प्राकृतिक स्रोतको दिगो उपयोग नीतिलाई कार्यान्वयन गरिने, करका दर र दायरा समयानुकूल समायोजन गरिने अनलाईन कर तिर्ने, आफ्नो कर सम्बन्धी सम्पूर्ण जानकारी पाउने व्यवस्था मिलाइने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख अर्यालले गरेकी थिईन् ।

एघारौँ नगरसभामा उपप्रमुख सूर्यदुबेले नगरपालिकाले आव २०७९/८० का ९६ करोड, ३९ लाख, २६ हजार बराबरको बजेट प्रस्तुत  गरेका छन । एघारै  नगरसभामा उपप्रमुख सूर्यदुबेले कुल बजेटको चालु खर्च तर्फ ४१ करोड ८५ लाख ६९ हजार अर्थात् ४३.४२ प्रतिशत र पूँजीगत खर्च तर्फ ५४ करोड ५३ लाख ५७ हजार अर्थात् ५६.५८ प्रतिशत बजेट विनियोजन  गरिएको जानकारी दिए  ।

आय तर्फ सङ्घीय सरकार समानिकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान र अन्य अनुदानबाट ४९ करोड, ९ लाख, प्रदेश सरकार समानिकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानबाट ४ करोड ८२ लाख ८१ हजार, राजस्व बाडँफाडँबाट २२ करोड, १२ लाख ६८ हजार, आन्तरिक स्रोतबाट १४ करोड र गत वर्षको ६ करोड ३४ लाख ७७ हजार रहेको छ ।त्यस्तै सामाजिक विकासतर्फ ३४ करोड ६१ लाख ९३ हजार, आर्थिकतर्फ पाँच करोड बीस लाख चार हजार बजेट बिनीयोज गरिएको उपप्रमुख दुबेले बताए । पूर्वाधारतर्फ ३५ करोड ८० लाख ९० हजार, बन तथा वातावरण तथा बिपत् व्यवस्थापनमा तर्फ २ करोड ३६ लाख ६३ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ २ करोड ७५ लाख बजेट बिनियोन गरिएको उपप्रमुख दुबेले जानकारी दिए ।

सभामा नगर उपप्रमुख सूर्य प्रसाद दुवै, प्रमुख प्रशासकीय अधिकृत अशोक कोईराला, नगरका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : १५ बजे